कुलमानले मानेनन् प्रधानमन्त्री र ऊर्जा मन्त्रीकाे आग्रह
कुलमानले मानेनन् प्रधानमन्त्री र ऊर्जा मन्त्रीकाे आग्रह प्रधानमन्त्री केपी शमा ओली तथा ऊर्जा मन्त्री दीपक खड्काको आग्रहलाई अटेर गरी नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको निर्देशनमा बिहीबार राति डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेका दर्जनौं उद्योगको लाइन काटिएको छ । उद्योगीको अनुसार साँझ ८ बजेदेखि काट्न थालिएको लाइन साढे ९ बजेसम्म ६० वटाको लाइन काटिएको हो । बिहीबार बिहान प्राधिकरण सञ्चालक समितिको बैठकमा ऊर्जामन्त्री दीपक खड्काले लाइन काट्न नहुने धारणा राखेका थिए र प्रधानमन्त्री ओलीको पनि उद्योगीलाई अहिले चिढाउन नहुने आशय रहेको थियो । तर बैठकले महसुलबारे कुनै निर्णय गर्न नसकेपछि बिहीबार रातीबाटै लाइन काट्न थालिएको हो । प्राधिकरणका प्रबन्ध…