किसानकाे बक्याैता भुक्तानी गर्न सरकारले डीडीसीलाई ६० करोड ऋण दिने
किसानकाे बक्याैता भुक्तानी गर्न सरकारले डीडीसीलाई ६० करोड ऋण दिने सरकारले दुग्ध विकास संस्थान (डीडीसी) लाई ६० करोड रुपैयाँ ऋण स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले दुग्ध किसानको बक्यौता रकम तिर्नका लागि शर्तसहित ६० करोड रुपैयाँ ऋण दिने प्रस्ताव स्वीकृत गरेको हो । भदौ १७ गते अर्थ मन्त्रालयले शर्तसहित ऋणका लागि सहमति दिएपछि मन्त्रिपरिषद्को बैठकले दुग्ध किसानको बाँकी बक्यौताका लागि ऋण दिने प्रस्ताव स्वीकृत गरेको हो । अर्थबाट उक्त रकम बराबरको ऋण लिने गरी मन्त्रिपरिषदमा प्रस्ताव पेस गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई अर्थले सहमति दिएको थियो । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले दूध किसानको बाँकी…