साताकाे दाेस्राे दिन सेयर बजारमा उछाल

केही दिनदेखि घटिरहेको शेयर बजारमा पुनः उछाल आएको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक १२७.३२ अंकले बढेर २८२३.२५ मा रोकिएको छ ।

साेमबार १३ अर्ब १० करोड ४६ लाख ३१ हजार ८०२ रुपैयाँको कारोबार भएको छ । आइतबार १० अर्बको कारोबार भएको थियो । ३ करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर खरिद बिक्री भएको छ ।

२३९ कम्पनीको मूल्य वृद्धि भएको छ भने ५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । नेसनल हाइड्रोपावर, बेस्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स र सुपरमाइ हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

साताकाे दाेस्राे दिन सेयर बजारमा उछाल