फोनपेको बोहनीले व्यवसायीलाई फाइदा

फोनपेले देशभरका व्यवसायीलाई लक्षित गर्दै आफ्नो पहिलो भुक्तानी सेवा बोहनी सुरु गरेकाे छ ।
यसले बिहानको पहिलो भुक्तानी नगदमा मात्र स्वीकार गर्ने परम्परालाई चुनौती दिँदै डिजिटल भुक्तानीको सहजतालाई स्वीकार गर्न अभिप्रेरित गर्दछ। फोनपे क्युआरमार्फत बोहनी स्वीकार गर्दा व्यवसायीले बिहानको समयमा स-साना रकमको समस्याबाट मुक्ति पाउनुका साथै उधारो दिनुपर्ने झन्झटलाई सजिलै टार्न पनि सक्नेछन्।
अभियानमा सहभागी हुन व्यवसायीहरूले फोनपे बिजनेस एपमा लग-इन गरेर सहभागिता स्वीकार गर्नुपर्नेछ र अभियान अवधिमा फोनपे क्युआरमार्फत भुक्तानी लिएको हुनु पर्नेछ । यस अभियानअन्तर्गत एक भाग्यशाली व्यवसायीले नयाँ EV Scooter जित्ने अवसर पनि प्राप्त गर्नेछन् ।
फोनपेका चिफ बिजनेस अफिसर सुमित दासका अनुसार यस पहलको आशय व्यवसायीहरूलाई डिजिटल भुक्तानीलाई आफ्नो दैनिक व्यवसायिक कार्यहरूमा समाहित गर्न अझ बढी प्रोत्साहन गर्नु हो ।
२० लाखभन्दा बढी ग्राहक र नेपाल भर १४ लाखभन्दा बढी व्यवसायहरूमा फोनपे क्युआर स्ट्यान्डीहरू तैनाथ भइसकेको अवस्थामा फोनपे आफ्नो डिजिटल भुक्तानी नेटवर्कलाई विस्तार गर्दै देशभरका व्यवसायलाई सुरक्षित, छिटो र सुविधाजनक भुक्तानी समाधानको लाभ प्रदान गर्न प्रतिबद्ध रहेकाे कम्पनीले जनाएकाे छ।
फोनपे नेपाल राष्ट्र बैंक (नेपाल राष्ट्र बैंक) द्वारा इजाजतपत्र प्राप्त र नियमन गरिएको नेपालको सबैभन्दा ठूलो
भुक्तानी प्रणाली संचालक हो । एफ वान सफ्ट (F1soft) समूहको सहायक कम्पनी, फोनपे ISO २७००१
:२०१३ प्रमाणित कम्पनी हो । फोनपे ले बैंक तथा वालेटका ग्राहकहरुका साथै व्यवसायहरुलाई छिटो, सुरक्षित
र भरपर्दो डिजिटल नगदरहित भुक्तानी सेवाहरु दिँदै आएको छ ।