‘ओमोडा ई ५’ ईभी नेपाली बजारमा

एसपीजी अटोमोबाइल्स प्रालिले ४३० किलोमिटर रेन्ज दिने ‘ओमोडा ई ५’ ईभी नेपाली बजारमा सार्वजनिक गरेको छ ।
ओमेडा गाडीको नेपालका लागि आधिकारिक विक्रेता सारडा ग्रुपअन्तर्गतको एसपीजी अटोमोबाइल्सले शुक्रबार लङ रेन्ज ओमेडा ईभी नेपाली बजारमा लन्च गरेको हो । ओमेडाको ई५ ले ४३० किलोमिटरको रेन्ज दिने दाबी गरेको छ । ओमोडा ई५ को सुरूवाती मूल्य ४९ लाख ४९ हजार रहेको जनाएको छ ।
गाडीमा ब्लाइन्ड स्पट डिटेक्सन, लेन चेन्ज असिस्ट डिपार्चर रिमाइन्डर, एडष्टिभ कुज कन्ट्रोल, फ्रन्ट कोलिजन वार्निङ, लेन किपिङ असिस्ट, ट्राफिक जाम अभोइडेन्स असिस्टेन्ट, ६ वटा एयरब्याग लगायत १७ भन्दा बढी प्रकारका एडास फिचर दिइएको छ ।
त्यस्तै, ओमोडा ई ५ को मोटरले ३४० एनएम टर्क उत्पादन गर्न सक्ने भएकोले डग्राउन्ड क्लियरेन्स १८० एमएम छ ।