२३ अङ्कले बढ्यो नेप्से

२३ अङ्कले बढ्यो नेप्से नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । बुधबार नेप्से परिसूचक २३ दशमलव ८६ अङ्कले बढेर दुई हजार सात सय दशमलव शून्य चारको बिन्दुमा कायम भएको हो । तीन सय १८ कम्पनीको एक करोड चार लाख ४२ हजार ६८३ कित्ता शेयर ५३ हजार ८८४ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ४४ करोड ४४ लाख ३५ हजार ९०१ बराबरको कारोबार भएको छ । उत्पादन तथा प्रशोधन र निर्जीवन बिमा समूहको उपसूचक घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी व्यापार समूह नौ दशमलव ४४ र वित्त समूह तीन दशमलव १२ प्रतिशतले…

चीन निकासी हुन लागेकाे २५ करोडका मालिक भेटिए

चीन निकासी हुन लागेकाे २५ करोडका मालिक भेटिए चीनतर्फ निकासी हुन लागेकाे २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्राको वास्तविक मालिक पत्ता लागेको छ । राजश्व अनुसन्धान विभागको जासुसी तथा विज्ञ टोलीले सीसीटिभी फुटेज, डिजिटल डिभाइस, बैङ्क कारोबार तथा सीडीआर विश्लेषण गरेर वास्तविक मालिक पहिचान गरेको विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार यो मुद्राको वास्तविक मालिक सिन्धुपाल्चोक भोटेकोसी ४ स्थायी घर भई काठमाडौं महादेवटार हाइट बस्ने नारायण पौडेल रहेका छन् । यसअघि गत चैत्र ४ गते राति ११ बजे प्रहरीले काठमाडौँका टोखा नगरपालिका वडा नम्बर २ स्थित झोरमा ना ७ ख १६५२ नम्बरको मालवाहक ट्रक गाडीसहित करिब २५…

विश्व बैंकले नेपाललाई १५० मिलियन डलर दिने

विश्व बैंकले नेपाललाई १५० मिलियन डलर दिने विश्व बैंकले नेपाललाई १५० मिलियन डलर उपलव्ध गराउने भएको छ । विश्व बैंकको कार्यकारी निर्देशकहरूको बोर्ड बैठकले नेपालका रणनीतिक सडक सञ्जाल बिस्तारका लागि सो वित्तीय सहायता दिने निर्णय गरेको हो । सडक विभागमार्फत परिचालन हुने यो सहायताबाट रणनीतिक सडक बिस्तार गरिनेछ भने पुलहरूको मर्मत सम्भारमा समेत उपयोग गरिनेछ । नेपाललाई दिने वित्तीय सहायता बोर्ड बैठकबाट अनुमोदन भएको जानकारी दिँदै विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि क्षेत्रीय निर्देशक डेविड सिस्लेनले रणनीतिक सडक बिस्तारले बजार र सेवासम्मको पहुँच बिस्तारमा सघाउ पुग्ने बताए । उनले भने, ‘नेपालको सडक सञ्जालको प्रतिरोध क्षमता सुरक्षित र दिगो जडानको…

सेयर बजारमा हरियाली

सेयर बजारमा हरियाली आइतबार सेयर बजारमा सुधार आएकाे छ । सााताको पहिलो दिन आइतबार बजार परिसूचक (नेप्से) ३२.२४ अंकले बढेर २६९५.५५ अंकमा पुगेको हो । दिनभर २७०० भन्दा माथि रहेको बजार अन्तिममा सोभन्दा तल झरेर बन्द भएको हो । ७ अर्ब ५६ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । २४४ कम्पनीको कारोबार हुँदा २२२ कम्पनीको मूल्य बढेको छ भने २२ कम्पनीको मूल्य घटेको छ । बजारमा आज म्युचुअल फण्ड बाहेक सबै सूचकम हरियाली छाएको छ । फाइनान्स र अन्य समूहमा २ प्रतिशत भन्दा धेरैको सुधार आएको छ । होटल र हाइड्रोपावर क्षेत्रमा पनि १ प्रतिशत भन्दा धेरै…

सफथमा छैन किन ? राजेशलाई निम्तो

सफथमा छैन किन ? राजेशलाई निम्तो राजेश को गुनासो सामाजिक संजाल राजेश राईको फेसबूक बाट जस्ताको त्यस्तै । किन गरीदै छ राजेश लाई अपमान ? हृदयदेखिको आभार। आदरणीय अग्रज । प्रिय साथीहरू । यहाँहरूलाई थाहा छ, ‘श्रमजीवी पत्रकारहरूको गौरवमय संगठन प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।’ महाधिवेशन व्यवस्थापकीय हिसाबले सफलतापूर्वक सम्पन्न गराउनका लागि अहोरात्र खट्नुहुने व्यवस्थापन समितिका संयोजक तथा सचिव प्रिय साथी विक्रम लुइँटेल, प्रेस चौतारी कोशी प्रदेश समितिका अध्यक्ष सुमन पुरी सहित सबै साथीहरु, प्रेस चौतारी मोरङका अध्यक्ष चिना थापा सहित सबै साथीहरु प्रति गहिरो सम्मान । कोशी प्रदेश मेरो पनि गृह प्रदेश ।…

सिद्धार्थ बैंकको बिद्यार्थीलाई वित्तीय शिक्षा

सिद्धार्थ बैंकको बिद्यार्थीलाई वित्तीय शिक्षा सिद्धार्थ बैंक लिमिटेडले बिद्यार्थीहरुलाई वित्तीय शिक्षा प्रदान गरी आर्थिक रुपमा सचेत र सशक्त बनाउने उद्देश्यले २०२५ मार्च १७ देखि २३ गतेसम्म सप्ताहव्यापी रुपमा मनाइएको Global Money Week 2025 को अवसर पारी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।यस वर्षको ग्लोबल मनी विक २०२५ को नारा Think before you follow wise money tomorrow लाई सार्थक बनाउने प्रयास स्वरुप बैंकले देशका सातै प्रदेशमा विद्यालय एवं क्याम्पस गरी २४ स्थानहरुमा बिद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरिएको छ । बैंकले प्रदान गर्ने सेवा, डिजिटल कारोबार र यसमा अपनाउनुपर्ने सावधानीका विषयमा सचेत गराई बिद्यार्थीहरुमा वित्तिय ज्ञान, सीप, मनोवृत्ति तथा व्यवहारमा…

एनआईसी एशिया बैंकको अचम्मको सहयोग

एनआईसी एशिया बैंकको अचम्मको सहयोग एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा निर्माण गरेको पुस्तकालय भवनहरु मध्ये मधेश प्रदेशको पर्सा जिल्ला स्थित वीरगञ्ज महानगरपालिका–१४ मा रहेको श्री सिद्धार्थ माध्यमिक विद्यालयमा पुस्तकालय समुद्घाटन गरेको छ । विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्रीहरुउपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्ने प्रमुख उद्देश्यले बैंकको सहयोगमा सम्बन्धित विद्यालयसँगको सहभागितामा पुस्तकालय भवन निर्माण गरी उक्त विद्यालयलाई हस्तान्तरण गरिएको छ । उक्त पुस्तकालय समुद्घाटन समारोहमा उक्त विद्यालयका प्रधानाध्यापक बिनोद मेहताज्यू यस एन आई सी एशिया बैंक मधेश प्रदेश प्रमुख श्री अमीत केसीज्यू लगायत सम्बन्धित विद्यालय यस…

लोडसेडिङ हुन्छ भन्ने हल्लाको पछि नलागाैं : शाक्य

लोडसेडिङ हुन्छ भन्ने हल्लाको पछि नलागाैं : शाक्य नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङ हुन्छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । मंगलबार पदभार ग्रहण गर्दै उनले लोडसेडिङ नहुने कुरा एक हप्ताभित्रमै रिजल्ट देखाउने दाबी गरेका हुन् । पदभार ग्रहण पश्चात् पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘२०७७ सालमा पनि लोडसेडिङ हुन्छ भनियो । त्यसबेला मैले डाटा लगेरै स्पष्ट पार्नु परेको थियो । र, आजका दिनमा पनि त्यो अवस्था कायमै छ । लोडसेडिङ हुन्छ भन्ने हल्ला मात्रै हो । मैले एक हप्ताभित्रमै लोडसेडिङ हुँदैन भनेर रिजल्ट देखाउँछु । उद्योगमा मात्रै लोडसेडिङ भइरहेको छ । यो पनि म…

कुलमान हटाएकाे विराेधमा प्रदर्शन

कुलमान हटाएकाे विराेधमा प्रदर्शन सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट मात्रै ४ महिना कार्यकाल बाँकी हुँदा कुलमान घिसिङलाई हटाएको विरोधमा काठमाडाैंमा प्रदर्शन भएको छ । माओवादीका भातृसंगठन र राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले कुलमानको बर्खास्तीको चर्को विरोध गरेका छन् । उनीहरुले ‘काम गर्न दे सरकार’, ‘नेपाललाई अन्धकार होइन उज्यालो चाहिन्छ’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई नियुक्त गरेको थियो ।

राष्ट्र बैंकतिर आँखा लगाएका ढुंगानाले नबिल बैंक छाडे

राष्ट्र बैंकतिर आँखा लगाएका ढुंगानाले नबिल बैंक छाडे काठमाडाैं । नेपाल राष्ट्रबैंकको गभर्नरको दौड चलिरहँदा प्रतिस्पर्धीको दौडधूप निकै रोचक देखिएको छ । प्रमुख सत्ता साझेदार दल एमाले र कांग्रेसको उच्च तहका नेताबीच गभर्नर कांग्रेसलाई दिने सहमति भएसँगै गभर्नरको सम्भावित अनुहारहरुको दौडधूप बढ्न थालेको हो । यही क्रममा गभर्नरको दौडमा निकै अगाडि रहेका र नियुक्तिको सम्भावना समेत देखिएका बैंकर ज्ञानेन्द्र ढुंगानाले नबिल बैंक छाडेका छन् । उनले आइतबारको मिति राखेर बैंकको प्रमुख कार्यकारी अधिकृतको पदबाट राजीनामा दिएका हुन् । उनी राजीनामा दिनुअघि समेत बैंकमा विदा लेखाएर गभर्नरको दौडमा सक्रिय थिए । गभर्नर एमाले वा कांगे्रस कसको भागमा पर्ने भन्ने कुरा निश्चित…