बजेटमा कर्मचारीबाट गडबड भएकाे छ, छानबिन गर्दैछाैं : मुख्यमन्त्री सिंह

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बजेटमा कर्मचारीले गडबड गरेको बताएका छन् ।

जनकपुरधाममा आयोजित अन्तरक्रियामा मुख्यमन्त्री सिंहले बजेटमा कर्मचारीले खेल गरेको र त्यस विषयमा छानबिन गरिरहेको बताए । जेठ २५ गते जनमतका सिंहको नेतृत्वमा नयाँ गठबन्धनको सरकार बनेको थियो । त्यसको ८ दिनमा मधेश सरकारले आगामी आर्थिक वर्षका लागि ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रूपैयाँको बजेट ल्याएको छ ।

‘सरकार बनेको ८ दिनमै बजेट ल्याएँ, म भन्न चाहन्छु- नेतामात्र परिवर्तन भयो, बनेको बजेटमा कर्मचारीले खेल गरे । धेरै बजेट यताउता भयो । यसबारे आन्तरिक छानबिन गरिरहेका छौं,’ मुख्यमन्त्री सिंहले भने ।

उनले बजेटमा कर्मचारीले गडबड गरेको विषयमा छानबिन गरेर त्यसको उजागर गर्ने बताए । मुख्यमन्त्री सिंहले आफ्नो नेतृत्वको सरकार ‘मिडिया फ्रेन्डली’ भएको दाबी गरे । उनले लोककल्याणकारी विज्ञापन, पत्रकारको बीमा र खोज पत्रकारिताका लागि बजेट विनियोजन गरेको बताए ।

उनले भने, ‘मिडियाका लागि अहिले विनियोजन गरेको बजेट कम रहेको कुरा आएको छ, थप बजेट पनि उपलब्ध गराउने विश्वास दिलाउन चाहन्छु ‌।’

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

बजेटमा कर्मचारीबाट गडबड भएकाे छ, छानबिन गर्दैछाैं : मुख्यमन्त्री सिंह