बर्दिवासमा एमडब्लुकाे नयाँ शोरुम भव्य उद्घाटन

नेपालमा व्यावसायिक सवारी साधनको अग्रणी प्रदायक कम्पनी एमएडब्लू वृद्धि कमर्शियल भेइकल्स प्रा.लि.ले बर्दिवासमा आफ्नो ब्राण्ड-न्यू शोरुमको भव्य उद्घाटन गरेको छ।

होटल रेड क्राउन, बर्दिबासको छेउमा रहेको यो अत्याधुनिक सुविधासम्पन्न शोरुम साउन २५ गतेदेखि आधिकारिक रूपमा सञ्चालनमा आएको हो। शोरुममा दुई ब्राण्डहरू फोटोन र सोकोनका कमर्सियल गाडीहरू उपलब्ध छन् । फोटोन मोटर्स (चीनको
नम्बर १ व्यावसायिक वाहन निर्माता) को आधिकारिक वितरकको रूपमा कम्पनीले हाईरुफ ईभी भ्यान, टुनल्याण्ड र टिएम वान सहित कुशल र भरपर्दा सवारी साधनहरूको रेन्ज प्रदान गर्दछ।

आफ्नो व्यावसायिक सवारी साधनको विकल्पलाई थप विस्तार गर्न एमएडब्लू वृद्धिले सोकोन मोटर्सलाई पनि भित्र्याएको छ, जसको बहुमुखी ईसी थर्टी सिक्स भ्यान यात्रुवाहक, स्कुल र कार्गो भेरियन्टहरूमा उपलब्ध छन्।

डेडीकेटेड बिक्री टोलीको न्यानो स्वागत र विशेषज्ञ मार्गदर्शनको साथमा ग्राहकहरूले आफ्ना लागि उपयुक्त विकल्पहरू अन्वेषण गर्न सक्नेछन् र आफ्नो व्यवसायलाई माथि उठाउनको लागि उत्तम गाडी फेला पार्न सक्नेछन् ।

बर्दिबास र आसपासका ग्राहकहरूले अब नयाँ व्यावसायिक सवारी साधनहरू अनुभव गर्न, वित्तिय विकल्पहरू खोज्न र नयाँ खोलिएको शोरुमबाट फाइदा लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

बर्दिवासमा एमडब्लुकाे नयाँ शोरुम भव्य उद्घाटन