‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा निजी एयरलाइन्सलाई पनि ग्राउन्ड ह्याण्डलिङकाे अनुमति’
'गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा निजी एयरलाइन्सलाई पनि ग्राउन्ड ह्याण्डलिङकाे अनुमति' संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा निजी एयरलाइन्सलाई ग्राउन्ड ह्याण्डलिङकाे अनुमति दिने बताएका छन् । हाल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमले मात्रै कमर्सियल ग्राउन्ड ह्याण्डलिङकाे अनुमति पाएको छ । अन्तर्राष्ट्रिय उडानका लागि अनुमति प्राप्त अन्य एयरलायन्सहरुले पनि यस विमानस्थललाई सञ्चालन आधार बनाई नियमित उडान सेवा सुरु गरेमा त्यस्ताे अनुमति दिइने तामाङले बताएका छन् । अठोट नेपालले शनिबार नेपाल पर्यटन बोर्डको सभा हलमा आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै मन्त्री तामाङले सो कुरा बताएका हुन् । उनले वायुसेवा सञ्चालन संस्थालाई व्यावसायिक ग्राउन्ड ह्याण्डलिंग सेवा…