बैंकिङ प्रणालीबाट ७० अर्ब खिच्दै राष्ट्र बैंक
बैंकिङ प्रणालीबाट ७० अर्ब खिच्दै राष्ट्र बैंक नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार ७० अर्ब रुपैयाँ खिच्ने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट उक्त रकम उठाउन लागेको हो । राष्ट्र बैंकले २१ दिनका लागि आइतबार दिउँसो २ बजे बोलकबोलको समय तोकेको छ । बोल गर्न सकिने रकम घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ । सावाँ तथा ब्याज भुक्तानी आगामी पुस १४ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ…