साताको पहिलो दिन नेप्सेमा गिरावट

साताको कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेर बन्द भएको छ । नेप्से ९.९९ अंकले घटेर दुई हजार ७ सय ३८ दशमलव ६ विन्दुमा बन्द भएको हो ।

नेप्सेका अनुसार ८ अर्ब ८३ करोड २२ लाख २५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा ६३ कम्पनीको शेयरमूल्य बढ्दा १७८ को घट्यो भने तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा विशाल बजार कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सिन्धु विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक रहेको छ । अन्य दुई कम्पनीको शेयरमूल्य पनि ९ प्रतिशतले बढेको छ ।

जानकी फाइनान्स कम्पनीको शेयरमूल्यमा भने नकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता ९१३ रुपैयाँमा झरेको छ ।

एक्सेल डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । यस बैंकको ३४ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

साताको पहिलो दिन नेप्सेमा गिरावट