दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औं शाखा

दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औं शाखा नबिल बैंक लिमिटेडले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नबिल बैंकले आफ्नो २६८ औँ शाखाको रूपमा दैलेख जिल्लाको दुल्लू नगरपालिकामा शाखा विस्तार गरेको हो । यस विस्तारसँगै नबिल बैंक दुल्लू नगरपालिकाको पहिलो निजी क्षेत्रको बैंकका रुपमा सेवा दिन सफल भएको हो । दुल्लू नगरपालिका प्रमुख भरतप्रसाद रिजाल, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिईओ) मनोज ज्ञवाली, स्थानीय जनप्रतिनिधिहरु, स्थानीय उद्यमी व्यवसायी तथा सरोकारवालाहरूको उपस्थितिमा गत शुक्रबार दुल्लू शाखाको उद्घाटन गरिएको नबिल बैंकले जनाएको छ । देशको अग्रणी वाणिज्य बैंक नबिलले जनतामा वित्तीय पहुँच बढाउन विभिन्न ठाउँमा सेवा विस्तार…

सरकारी निकायसँग भाइबरकाे साझेदारी

सरकारी निकायसँग भाइबरकाे साझेदारी राकुटेन भाइबरले सार्वजनिक सञ्चार च्यानलहरू विस्तार गर्न नेपाल सरकारका विभिन्न निकायसँग साझेदारी गर्ने भएको छ। यस सहकार्यको उद्देश्य महत्त्वपूर्ण जानकारी तथा आधिकारिक सूचना प्रदान गर्ने र समुदायको सहभागिता बढाउन नागरिकलाई अन्तर्क्रियात्मक अभियानहरूमा संलग्न गराउनु रहेको रहेको भाइबरले जनाएको छ। यस पहलको एक अङ्गको रूपमा राकुटेन भाइबरले प्रयोगकर्ताहरूलाई महत्त्वपूर्ण सार्वजनिक सूचनाहरुमा प्रत्यक्ष पहुँच प्रदान गर्ने समर्पित च्यानलहरूको ठूलो सङ्ख्या प्रस्तुत गर्नेछ। यी च्यानलहरूले नागरिकहरूलाई सरकारका पहल, नीति र सार्वजनिक कार्यक्रमहरूका बारेमा जानकारी गराउनका लागि केन्द्रीकृत हबको रूपमा काम गर्नेछन्। यसबाहेक भाइबरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग स्वास्थ्य सूचना अभियान सुरु गर्न बलियो साझेदारी स्थापना गरेको छ। स्वास्थ्य सूचना…

फोनपेद्वारा नेपालमा यूपीआईमार्फत सञ्चालित सेवाहरूको प्रदर्शनी

फोनपेद्वारा नेपालमा यूपीआईमार्फत सञ्चालित सेवाहरूको प्रदर्शनी फोनपे भारतले काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा युनिफाइड पेमेन्ट इन्टरफेस प्लेटफर्मद्वारा सञ्चालित आफ्ना सेवाहरू प्रदर्शन गरेको छ। प्रदर्शनले बैंकिङ क्षेत्रका वरिष्ठ प्रतिनिधि, भुक्तानी प्रणालीका प्रदायकहरू, युपीआई भुक्तानी लिने व्यवसायी र व्यापार संघहरुका प्रतिनिधिलगायत नेपाली वित्तीय क्षेत्रका प्रमुख सरोकारवालाहरूलाई एकसाथ ल्याउन सफल भएको कम्पनीले जनाएको छ। उक्त कार्यक्रमलाई नेपालको सबैभन्दा ठूलो भुक्तानी प्रणाली संचालक फोनपेले समर्थन गरेको थियो । जुन नेपाल-भारत क्रस बोर्डर युपीआई अन्तरआबद्दताका लागि एनआईपीएलको काउन्टरपार्टी पनि हो। उक्त कार्यक्रममा फोनपे नेटवर्कका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले नेपालको डिजिटल अर्थतन्त्रको लागि युपीआई को सम्भावनाको बारेमा बिशेष सम्बोधन भएको थियो । यसको साथसाथै कार्यक्रममा,…

प्लास्टिकको खपत न्यूनीकरण गर्ने ग्लाेबल बैंककाे प्रतिबद्धता

प्लास्टिकको खपत न्यूनीकरण गर्ने ग्लाेबल बैंककाे प्रतिबद्धता ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको खपत घटाउँदै वातावरणमैत्री दिगो अभ्यासहरूको अनुशरण गर्ने भएको छ । बैंकले आगामी ३ वर्षमा प्लास्टिकको खपत न्यूनीकरण गर्ने प्रतिवद्धता जनाएको छ । यो वातावरणमैत्री पहल बैंकको कर्पोरेट कार्यालयबाट प्रारम्भ भर्ई सबै प्रादेशिक कार्यालयहरूमार्फत मुलुकभरका सम्पूर्ण शाखा कार्यलयहरुमा विस्तार हुनेछ । बैंकले आफ्नो स्थापनाकाल देखि नै प्लास्टिक खपत न्यूनीकरण गर्ने र प्लास्टिक प्रदूषण विरुद्ध सचेतना फैलाउने विभिन्न क्रियाकलापहरु गर्दै आएको छ । ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको…

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा पूर्वन्यायाधीश गौतम नियुक्त

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा पूर्वन्यायाधीश गौतम नियुक्त सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश रमणकुमार गौतमलाई नियुक्त गरेको छ।मन्त्रिपरिषद्को बैठकले उक्त समितिको अध्यक्षमा पूर्वन्यायाधीश गौतमलाई नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि अध्यक्ष काशीराज दाहाल थिए । उनको कार्यकाल सकिएपछि सरकारले नयाँ अध्यक्ष नियुक्त गरेको हो । सरकारले सहकारीलाई समस्याग्रस्त घोषणा गरेपछि यही कार्यालयले ती सहकारीको व्यवस्थापनको जिम्मा लिँदै आएको छ । त्यस्ता समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता, ऋण उठाउने लगायतको काम गर्दै आएको छ । सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम नेपाल सरकारबाट समस्याग्रस्त घोषित सहकारी संस्थाहरूको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी गर्ने जिम्मा यो…

हकप्रद सेयर जारी गर्दै नेपाल इन्स्योरेन्स

हकप्रद सेयर जारी गर्दै नेपाल इन्स्योरेन्स नेपाल इन्स्योरेन्सले हकप्रद (राइट) सेयर जारी गर्ने भएको छ । पुँजी वृद्धिका लागि नियामक नेपाल बीमा प्राधिकरणले दबाब दिएसँगै कम्पनीले हकप्रद सेयर जारी गर्ने तयारी गरेको हो । बीमा प्राधिकरणले गत वर्ष एक निर्देशन जारी गर्दै २०८० चैत मसान्तसम्म जीवन बीमा कम्पनीलाई न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुर्‍याउन र निर्जीवनी बीमा कम्पनीहरुलाई २ अर्ब ५० करोड रुपैयाँ पुर्‍याउन निर्देशन गरेको थियो । उक्त निर्देशन बमोजिम प्राधिकरणले बीमा कम्पनीहरुलाई चुक्ता पुँजी वृद्धि गर्ने समय केही बढाएको छ । यसै नीति बमोजिम नेपाल इन्स्योरेन्सको वैशाख १७ गते मंगलबार बसेको सञ्चालक समितिको १७ औं बैठकले हाल…

मेरो अटो मोटर र्‍यालीको चौथो संस्करण काठमाडौँदेखि सौराहासम्म

मेरो अटो मोटर र्‍यालीको चौथो संस्करण काठमाडौँदेखि सौराहासम्म मेरो अटो मोटर र्‍यालीको चौथो संस्करण यही वैशाख २१ र २२ गते आयोजना हुने भएको छ । अटोमोटिभ्स प्रालिले ४ वर्षदेखि आयोजना गर्दै आएको मोटर र्‍याली यस वर्ष काठमाडौँदेखि चितवनको सौराहासम्म हुने भएको हो । र्‍यालीको फ्यागअफ नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले गर्ने छन् । शुक्रबार बिहान ८ बजे ललितपुरको कुपण्डोलबाट सुरू हुने र्‍याली बल्खु, दक्षिणकाली, सिस्नेरी, हेटौँडा हुँदै सौराहाको होटल मोनालिसामा पुग्नेछ । शनिबार सौराहामा एक कार्यक्रमका बिच र्‍यालीको समापन गरिने छ । र्‍यालीमा ५० बढी कारमा अटोमोबाइल, बैंकिङ, इन्स्योरेन्स लगायत विभिन्न क्षेत्रका १०० भन्दा बढी व्यक्तिहरूको सहभागिता…

आईएमई लाइफद्वारा ३४.५० प्रतिशत लाभांश प्रस्ताव

आईएमई लाइफ इन्स्योरेन्सद्वारा ३४.५० प्रतिशत लाभांश प्रस्ताव आईएमई लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । आर्थिक वर्ष २०७९/८० को बोनस सेयर तथा नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई कुल ३४.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँ बराबरको बोनस सेयर र ९.५० प्रतिशतले हुन आउने ३८ करोड रुपैयाँ बराबरको नगद लाभांश (कर सहित) प्रस्ताव गरको हो । कम्पनीको अहिले चुक्ता पूँजी ४ अर्ब रहेको छ । लाभांश पास भएपछि चुक्ता पूँजी ५ अर्ब पुग्ने…

नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य : अर्थमन्त्री

नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य : अर्थमन्त्री अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन-२०२४ भव्य रुपमा सफल भएको बताएका छन् । सम्मेलनमा सहभागी हुन आएका विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) तथा नेपालका लागि विभिन्न देशका राजदूतहरुसँगको साइडलाइन बैठकमा बोेल्दै सोमबार उनले सम्मेलन सफल भएको बताए । उनले लगानी सम्मेलनमा विकास साझेदारहरुको सक्रिय सहभागिताले आफूहरु उत्साहित भएको उल्लेख गरे । विकास साझेदार, लगानीकर्ता र सरोकारवालाहरुको उल्लेख्य उपस्थितिले लगानी सम्मेलन सफल भएको उनको भनाइ थियो । लगानी सम्मेलनमा भएको उपस्थितिले नेपाल लगानीका लागि विश्वकै उत्कृष्टमध्येको गन्तव्य भएको पुष्टि गरेको मन्त्री पुनले बताए ।…

मर्स्याङ्‍दीकाे बिजुली ल्याउने २२० केभी मातातीर्थ सबस्टेसन उद्घाटन

मर्स्याङ्‍दीकाे बिजुली ल्याउने २२० केभी मातातीर्थ सबस्टेसन उद्घाटन मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन निर्माण गरिएको मर्स्याङ्‍दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सबस्टेसन उद्घाटन गरिएको छ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–८ निर्माण गरिएको सबस्टेसन परिसरमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रसारण लाइन तथा सबस्टेसन उद्घाटन गरेका हुन् । काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि २२०/१३२ केभी, ३२० एमभीए क्षमताको मातातीर्थ सबस्टेसन काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि सबैभन्दा ठूलो सबस्टेसन हब हो । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ उपत्यकामा ल्याउन तनहुँको आँबुखैरनीस्थित मार्कीचोक सबस्टेसनबाट काठमाडौंसम्मको मर्स्याङ्‍दी–काठमाडौं २२० केभी डबल सर्किट…