फोनपेद्वारा नेपालमा यूपीआईमार्फत सञ्चालित सेवाहरूको प्रदर्शनी

फोनपे भारतले काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा युनिफाइड पेमेन्ट इन्टरफेस प्लेटफर्मद्वारा सञ्चालित आफ्ना सेवाहरू प्रदर्शन गरेको छ।

प्रदर्शनले बैंकिङ क्षेत्रका वरिष्ठ प्रतिनिधि, भुक्तानी प्रणालीका प्रदायकहरू, युपीआई भुक्तानी लिने व्यवसायी र व्यापार संघहरुका प्रतिनिधिलगायत नेपाली वित्तीय क्षेत्रका प्रमुख सरोकारवालाहरूलाई एकसाथ ल्याउन सफल भएको कम्पनीले जनाएको छ।

उक्त कार्यक्रमलाई नेपालको सबैभन्दा ठूलो भुक्तानी प्रणाली संचालक फोनपेले समर्थन गरेको थियो । जुन नेपाल-भारत क्रस बोर्डर युपीआई अन्तरआबद्दताका लागि एनआईपीएलको काउन्टरपार्टी पनि हो।

उक्त कार्यक्रममा फोनपे नेटवर्कका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले नेपालको डिजिटल अर्थतन्त्रको लागि युपीआई को सम्भावनाको बारेमा बिशेष सम्बोधन भएको थियो ।

यसको साथसाथै कार्यक्रममा, नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रमा क्रस बोर्डर भुक्तानीको प्रभावको बारेमा संलग्न रुपमा प्यानल छलफल भएको थियो। उक्त प्यानलमा कुमारी बैंकका प्रमुख डिजिटल बैंकिङ अधिकृत अनिश ताम्राकार, नेपाल पर्यटन बोर्डका प्रबन्धक श्रद्धा श्रेष्ठ, ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का र विवेक राणा, आइसिटी/एमआइएस कन्सल्टेन्ट् , एसियाली विकास बैंक (एडीबी) जस्ता प्रतिष्ठित प्यानल सदस्यहरु थिए ।

उक्त प्यानल छलफलमा, क्रस बोर्डर भुक्तानी र यसले नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रमा पार्ने प्रभावका साथै अन्तर्राष्ट्रिय लेनदेन सहजीकरणमा नियामक अवरोधहरू र अनुपालन मागहरूको बिषयमा चर्चाहरु भएका थिए ।

सुविधाजनक नगदरहित भुक्तानीहरू मार्फत, नेपालको पर्यटन क्षेत्रमा युपीआईको सकारात्मक प्रभावलाई सदुपयोग गर्दै, कसरी समग्र पर्यटकहरुको अनुभवलाई बृदि गर्न सकिन्छ भन्ने बारे प्यानलका सदस्यहरुद्वारा छलफल भएको थियो ।

यसका साथै , क्रस बोर्डर भुक्तानीहरूले वित्तीय संस्थाहरूको राजस्व प्रवाह र व्यापार मोडललाई कसरी प्रभाव पार्छ भन्ने बारेमा पनि थप अध्ययन भएको थियो ।

उक्त कार्यक्रमको निरन्तरताको रुपमा फाेन पेका कार्यकारी अधिकृत रितेश पाई द्वारा सेवा प्रदर्सनी भएको थियो, जसमा फाेन पेको समग्र यात्रा समाबेश गरिएको थियो। उनको प्रस्तुति, यु.पी.आईद्वारा संचालित फाेन पेले कसरी भारत भरि भुक्तानीलाई सबै वर्गमाझ एक समान अगाडि बढाएको र एक सम्पन्न प्रणालीलाई बढावा दिदै आएको छ भन्ने बारेमा पनि थियो ।

सो प्रस्तुतिमा भारतीय पर्यटक र नेपाली व्यापारी दुवैलाई फाइदा हुने समाधानलाई उजागर गरिएको थियो। भारतीय बजारको सफलताको कथासँग समानान्तर चित्रण गर्दै, फाेन पेले यो सफलतालाई नेपालमा कसरी दोहोर्याउन सक्छ भन्ने चित्रण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

फोनपेद्वारा नेपालमा यूपीआईमार्फत सञ्चालित सेवाहरूको प्रदर्शनी