सेयर बजारमा दिनदिनै उथलपुथल किन ?
सेयर बजारमा दिनदिनै उथलपुथल किन ? पछिल्ला केही दिनमा सेयर बजारमा तीव्र उथलपुथल देखिएको छ । नेप्से परिसूचक बुधबार ९०.७३ अंकले घट्याे । मंगलबार ६.९४ अंकले बढेको थियो । सोमबार भारी अंकले बढेको थियो । १२७.३२ अंकले बढ्दै सोमबार परिसूचक २८२३ बिन्दुमा उक्लिएको थियो भने आइतबार ५३.६३ अंकले घटेको थियो । कारोबार रकममा पनि पछिल्ला केही दिन गिरावट आएको छ । बुधबार १२ अर्ब ९२ करोडको कारोबार भयाे । मंगलबार १३ अर्ब ४० करोड र सोमबार १२ अर्ब ९१ करोड मूल्यको सेयर खरिदबिक्री भएको थियो । यसरी पछिल्ला केही दिन बजारमा देखिएको तीव्र उतारचढावलाई लगानीकर्ताहरूले भने सकारात्मक रूपमा लिएका छन्…