संसदीय छानबिन विशेष समितिले बाेलायाे रवि लामिछानेलाई

संसदीय छानबिन विशेष समितिले बाेलायाे रवि लामिछानेलाई सहकारी संस्थाकाे रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ । समिति सभापति सूर्य थापाका अनुसार लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको हो । समितिले लामिछानेलाई दिउँसो २ बजे बोलाएको छ । गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई भने शुक्रबार बिहान ११ बजे बोलाइएको छ ।

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति छिट्टै : अर्थमन्त्री

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति छिट्टै : अर्थमन्त्री उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले धितोपत्र बोर्डको अध्यक्ष चाँडै नियुक्ति हुने बताएका छन् । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पानं) ले बुधवार आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले धितोपत्र बोर्ड अब लामो समय नेतृत्व बिहीनको अवस्थामा नरहने बताएका हुन् । उनले बोर्डमा लामो समयदेखि अध्यक्ष नहुँदा धेरै काम रोकिएको भन्दै सरकारले बोर्डको नेतृत्व चाँडै ल्याउने उल्लेख गरे । उनले धितोपत्र बोर्ड लामो समय नेतृत्व बिहीनहुँदा अनेक प्रकारका समस्या थपिने र फाइलहरु रोकिएको धारणा राखे । उनले बोर्डमा उत्पन्न भएका समस्याको समधान विधिसंवत शिघ्र समाधान गर्ने पक्षमा सरकार रहेको जानकारी दिए । अर्थमन्त्री पौडेलले जलविद्युतमा…

वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल नगर्न यशोदा फुड्सलाई सर्वाेच्चकाे आदेश

वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल नगर्न यशोदा फुड्सलाई सर्वाेच्चकाे आदेश सर्वोच्च अदालतले यशोदा फुड्सलाई वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको छ । न्यायाधीश कुमार रेग्मी र अब्दुल आजिज मुसलमानको संयुक्त इजलासले उक्त आदेश दिएको हो । करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क नक्कल गरेपछि सीजी फुड्स अदालत पुगेको थियो । अदालतले यशोदा फुड्सलाई वाइवाइको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको थियो । सो आदेश विरुद्द यशोदा फुड्स वाइवाइको जस्तै देखिने ट्रेडमार्क प्रयोग गर्न पाउनु पर्छ भन्ने भनाइसहित सर्वोच्च अदालत पुगेको थियो । सर्वोच्चले पनि उच्च अदालत पाटनको आदेशलाई सदर गर्दै करेन्ट चाउचाउलाई वाइवाइको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको छ । यशोदा फुड्सद्वारा उत्पादीत…

विदेशमा बसेर कमाएको रकम स्वदेश फर्केको ३५ दिनभित्र ल्याइसक्नुपर्ने

विदेशमा बसेर कमाएको रकम स्वदेश फर्केको ३५ दिनभित्र ल्याइसक्नुपर्ने नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै विदेशी बैंकमा रहेको रकम स्वदेश फर्केकाे ३५ दिनभित्र ल्याउनुपर्ने बताएको छ । विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ तथा विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को व्यवस्था बमोजिम कुनै पनि नेपाली नागरिकले विदेशमा बैंक खाता खोल्न, घरजग्गा तथा अन्य कुनै पनि किसिमको लगानी गर्न प्रतिबन्ध लगाइएको छ । तर, नेपाली नागरिकले विदेशमा रहँदाबस्दाको अवधिसम्म त्यहाँ आर्जन गरेको रकम विदेशस्थित बैंकमा खाता खोली रकम जम्मा गर्न सक्ने व्यवस्था भने रहेको छ । यसरी लगानी गरेको विदेशी विनिमय नेपालमा फर्किसकेपछि ३५ दिनभित्र स्वदेश फर्काउने व्यवस्था…

सेयर बजारसँगै बढ्याे सेयर धिताे कर्जा

सेयर बजारसँगै बढ्याे सेयर धिताे कर्जा सेयर बजार उकालो लागेसँगै सेयर धितो कर्जाको ग्राफ पनि बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८१ असार मसान्तसम्म सेयर धितोकर्जामा ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । यो अघिल्लो वर्षको तुलनामा १८.०६ प्रतिशतले बढी हो । २०८० असार मसान्तसम्म सबै बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा कूल ७६ अर्ब ३० करोड ८६ लाख रुपैयाँ प्रवाह भएको थियो । समीक्षा अवधिमा कूल प्रवाहित कर्जामध्ये सबैभन्दा बढी १ करोड रुपैयाँ भन्दा माथिको सेग्मेन्टमा ५५ अर्ब ९३ करोड २० लाख रुपैयाँ प्रवाह भएको छ भने ५० लाखदेखि १ करोड रुपैयाँसम्मको…

गाइजात्राका दिन उपत्यका बिदा हुने

गाइजात्राका दिन उपत्यका बिदा हुने उपत्यका भित्रका बैंक वित्तीय संस्थाका शेयर बजार लगायत बिभिन्न संघ सस्था कलकारखाना आज गाईजात्रा को दिन पनि बन्द रहनेछन् । सरकारले गाईजात्राको अवसरमा बिदा दिएकाको हो ।बुधबार देखि नियमित रुपमा सबै संग सस्था कलकारखाना संचालनमा हुने छन ।हिजो सोमबार पनि जनैपूर्णिमाको अवसरमा सार्वजनिक बिदा रहेकाले बैंक तथा वित्तीय संस्थाका कलकारखाना साथै शेयर बजार संग सस्था पनि बन्द रहेको थियो।

ज्याेति विकास बैंककाे खराब कर्जा बढ्दै

ज्याेति विकास बैंककाे खराब कर्जा बढ्दै राष्ट्रिय स्तरकाे विकास बैंक भनेर चिनीन नपाउँदै खराब कर्जाका कारण डरलाग्दो रूप लिन लागेको ज्योति बिकास बैंक कुनै पनि बेला राष्ट्र बैंकले हस्तक्षेप गर्छ कि भन्ने डरमा रहेको चर्चा छ । विद्युत प्राधिकरणका पीएनदेखि शाखा अधिकृतसम्मकाे लगानी रहेको ज्योती विकास बैंकको खराब कर्जा करिब ४.५ प्रतिशत हाराहारी पुगेको छ । राष्ट्रिय स्तरका विकास बैंकमध्ये राम्रो ज्योति बिकास बैंकको यो अवस्था आउनुले लगानीकर्तामा निरासा छाएको छ । निष्क्रिय कर्जा धेरै हुनेमा ज्योति विकास बैंक पनि पर्छ । गत आर्थिक वर्ष यस बैंकको निष्क्रिय कर्जा ४.९५ प्रतिशत पुगेको थियो । अघिल्लो आर्थिक बर्षमा निष्क्रिय कर्जा ३.४३…

एक वर्षमा भित्रियाे साढे १४ खर्ब रेमिट्यान्स

एक वर्षमा भित्रियाे साढे १४ खर्ब रेमिट्यान्स गत आर्थिक वर्ष २०८०/०८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १४.५ प्रतिशतले बढेर १० अर्ब ८६ करोड पुगेको देखिएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो । यो वर्ष महँगी सीमाभित्र राख्न सरकार सफल भएको छ । गत आवमा वार्षिक औसत मुद्रास्फीति ५.४४ प्रतिशत थियो । त्यस्तै आव २०८०/८१ मा चालू खाता २ खर्ब २१ अर्ब ३४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष चालू खाता ४६ अर्ब ५७ करोडले घाटामा थियो ।…

आयल निगमका ६ डिपो प्रमुखसहित २१ कर्मचारीको सरुवा

आयल निगमका ६ डिपो प्रमुखसहित २१ कर्मचारीको सरुवा नेपाल आयल निगम लिमिटेडले ६ डिपो प्रमुखसहित २१ कर्मचारीको सरुवा गरेको छ । निगम व्यवस्थापनको निर्णयअनुसार मधेश प्रादेशिक कार्यालय, अमलेखगन्जमा उपनिर्देशक प्रलयंकर आचार्यलाई पठाएको छ । उनी केन्द्रीय कार्यालयको प्रशासन महाशाखामा थिए । अमलेखगंजका विनीतमणि उपाध्यायको केन्द्रीय कार्यालय इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभाग प्रमुखमा सरुवा भएको छ । पाइपलाइन तथा भण्डारण गृहलगायतका ठूला परियोजना निर्माण गर्ने यो विभागको एक वर्षयता कार्यसम्पादन सन्तोषजनक नभएकाले न्यून बजेट खर्च भएको भन्दै  । उपाध्यायलाई इन्जिनियरिङ विभागको नेतृत्वमा ल्याएको छ । सबै कर्मचारीहरू अनुभव र कार्यक्षमताका आधारमा सरुवा भएका छन । चालू आव ०८१/८२ मा निगमले अमलेखगन्ज–चितवन तथा सिलगुढी–झापा पाइपलाइन…

११ जीवन बीमा कम्पनीकाे नाफा बढ्याे, तीन वटाकाे घट्याे

११ जीवन बीमा कम्पनीकाे नाफा बढ्याे, तीन वटाकाे घट्याे जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८०/८१ को वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । रिपोर्ट अनुसार १४ वटा जीवन बीमा कम्पनीहरूमध्ये ११ वटाले नाफा बढाएका छन् भने छ तीन वटाले घटाएका छन् । यस वर्ष नाफा घट्नेमा लाइफ इन्स्योरेन्स कर्पोरेसन, मेटा लाइफ इन्स्योरेन्स र सननेपाल लाइफ इन्स्योरेन्स छन् । यी कम्पनीहरूको नाफा २६.५३ प्रतिशतदेखि ६८.३४ प्रतिशतसम्मले घट्न पुगेको छ । नेप्सेमा सूचिकृत १४ वटा जीवन बीमा कम्पनीहरूले आर्थिक वर्षभरिमा कूल ५ अर्ब ७३ करोड ३२ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएका हुन् । यो अघिल्लो वर्षको नाफाको तुलनामा १५.१८ प्रतिशतले बढी…