११ जीवन बीमा कम्पनीकाे नाफा बढ्याे, तीन वटाकाे घट्याे

जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८०/८१ को वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । रिपोर्ट अनुसार १४ वटा जीवन बीमा कम्पनीहरूमध्ये ११ वटाले नाफा बढाएका छन् भने छ तीन वटाले घटाएका छन् ।
यस वर्ष नाफा घट्नेमा लाइफ इन्स्योरेन्स कर्पोरेसन, मेटा लाइफ इन्स्योरेन्स र सननेपाल लाइफ इन्स्योरेन्स छन् । यी कम्पनीहरूको नाफा २६.५३ प्रतिशतदेखि ६८.३४ प्रतिशतसम्मले घट्न पुगेको छ ।
नेप्सेमा सूचिकृत १४ वटा जीवन बीमा कम्पनीहरूले आर्थिक वर्षभरिमा कूल ५ अर्ब ७३ करोड ३२ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएका हुन् । यो अघिल्लो वर्षको नाफाको तुलनामा १५.१८ प्रतिशतले बढी हो ।
आर्थिक वर्ष २०७९/८० मा यी १४ वटा जीवन बीमा कम्पनीहरूले कूल ४ अर्ब ९७ करोड ७३ लाख २८ हजार रुपैयाँ नाफा कमाएका थिए ।