प्रदेश र स्थानीय तह वित्तीय घाटामा : विश्व बैंक

प्रदेश र स्थानीय तह वित्तीय घाटामा : विश्व बैंक विश्व बैंकले आर्थिक वर्ष २०७३/७४ मा वित्तीय संघीयताको सुरूवात भएयता पहिलो पटक प्रदेश तथा स्थानीय तह वित्तीय घाटामा गुज्रिएकाे जनाएकाे छ । विश्व बैंकद्वारा सार्वजनिक नेपाल वित्तीय संघीयता अध्ययनको दोस्रो संस्करण (२०८१) ले नेपालको वित्तीय संघीयतामा भएका प्रगतिको विस्तृत समीक्षा गर्दै उक्त निष्कर्ष निकालेकाे हाे । प्रतिवेदनले नेपालमा वित्तीय संघीयताका प्रमुख सूचकको गहन विश्लेषण गरेको छ । ती सूचकमा राजस्व जिम्मेवारी तथा प्रशासन, खर्च जिम्मेवारी तथा प्रशासन, अन्तर–सरकारी वित्त हस्तान्तरण, ऋण तथा पूँजी लगानी र प्राकृतिक स्रोतबाट प्राप्त हुने वित्तीय राजस्व छन् । यस संस्करणले अन्तर–सरकारी वित्त हस्तान्तरण प्रणालीलाई स्तरोन्नति गर्न…

जनकपुरकाे एभरेष्ट बैंकमा दुर्गा प्रसाईं समर्थककाे ताला

जनकपुरकाे एभरेष्ट बैंकमा दुर्गा प्रसाईं समर्थककाे ताला दुर्गा प्रसाईंको ‘नागरिक बचाउ अभियान’ अन्तर्गत र्‍यालीमा हिँडेका समर्थकले जनकपुरधामस्थित एभरेष्ट बैंकमा तालाबन्दी गरेका छन् । उनीहरूले बैंकको मूल गेटमै ताला लगाएका हुन् । ऋणीलाई आत्महत्या गर्नसम्म बाध्य पारेको भन्दै प्रसाईं समर्थकले प्रदर्शन पनि गरेका छन् । बैंकमा तालाबन्दी गर्ने क्रममा प्रहरीसँग ठेलमठेल भएको थियो । गेटमा तालाबन्दीपछि स्व. खुशीराम चौधरीको तस्बिर राखिएको छ । बर्दियाका चौधरीले एभरेष्ट र ज्योती विकास बैंकले ऋण तिर्न दबाब दिएको भन्दै आत्महत्या गरेका थिए । प्रसाईंका समर्थक जनकपुरधामस्थित ज्योति विकास बैंकमा पनि तालाबन्दी गर्न गएका थिए तर प्रहरीले त्यहाँ रोकेको थियो ।

प्रभु बैंकका ग्राहकलाई चिरायुमा छुट

प्रभु बैंकका ग्राहकलाई चिरायुमा छुट प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूलाई चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्ष्टिच्युट अस्पतालमा सेवा सुविधामा छुट दिने सम्झौता भएको छ । चिरायु हस्पिटलको तर्फबाट सञ्जीव राज भण्डारी र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रवीन्द्र ढकालले समझदारी पत्रमा हस्ताक्षर गरे । छुट सुविधा लिनका लागि बैंकका ग्राहकहरूले प्रभु बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक चिरायु हस्पिटलमा पेश गर्नुपर्ने छ । सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका परिवारले चिरायु हस्पिटलमा उपचार गर्दा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडी टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियो थेरापी लगायतका सेवाहरूमा…

९ महिनामा भित्रियाे १० खर्ब ८२ अर्ब रेमिट्यान्स

९ महिनामा भित्रियाे १० खर्ब ८२ अर्ब रेमिट्यान्स चालू आर्थिक वर्षको ९ महिनामा मुलुकमा १० खर्ब ८२ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्षको यसै अवधिको तुलनामा रेमिट्यान्स आप्रवाह १९.८ प्रतिशतले बढेको हो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले बढेर ८ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकद्वारा सार्वजनिक देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार विप्रेषण आप्रवाह बढेसँगै विदेशी मुद्राको सञ्चिति पनि १९ खर्ब नाघेको छ । चैत मसान्तसम्म यस्तो सञ्चिति १९ खर्ब ११ अर्ब ८६ करोड रूपैयाँ पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८०…

निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढ बनाउँछाैं : प्रधानमन्त्री दाहाल

निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढ बनाउँछाैं : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने बताएका छन् । लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ प्लान्ट’ को नवलपरासीमा शुभारम्भ गर्दै दाहालले त्यसका लागि लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए । उद्योगी–व्यवसायीलगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको उनकाे भनाइ छ । 'निजी क्षेत्रको लगानी एवं राज्य र निजी क्षेत्रको सहकार्यबिना देशको अर्थतन्त्र सबल हुन सक्दैन, उत्पादकत्व वृद्धि हुन सक्दैन, रोजगारीका अवसरहरू सिर्जना हुन सक्दैनन्', प्रधानमन्त्री दाहालले भने, 'देशभित्र लगानीको वातावरण निर्माण गर्न, निजी क्षेत्रलाई प्रवर्द्धन गर्न, लगानीका क्षेत्रहरूको सुरक्षा…

‘आर्थिक सुधारका लागि विकास साझेदारहरुसँगको सहकार्य आवश्यक’

'आर्थिक सुधारका लागि विकास साझेदारहरुसँगको सहकार्य आवश्यक' नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक सुधारका लागि सरकारको नेतृत्व र विकास साझेदारहरुसंगको सहकार्य आवश्यक रहेको बताएका छन् । नेपालको औपचारिक भ्रमणमा रहेका बंगलादेश, भुटान र नेपालका लागि अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का देशीय प्रबन्धक मार्टिन होल्टम्यानसँग भएको भेटमा ढकालले नयाँ चरणको आर्थिक सुधारका लागि महासंघले पहल गरिरहेको बताए । ढकालले नेपाल प्राकृतिक स्रोतसाधनमा धनी रहेको तथा युवा र गतिशील जनशक्तिले युक्त भएको बताए । यी फाइदाहरूलाई पूर्ण रूपमा सदुपयोग गर्न र आर्थिक वृद्धिलाई अगाडि बढाउन व्यापारिक वातावरणमा सुधार, लगानी आकर्षित गर्ने नीति उद्यमशीलता प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्ने उनेको भनाई छ…

सुनकोशी-मरिन डाइभर्सनको सुरूङ ‘ब्रेक–थ्रु’

सुनकोशी-मरिन डाइभर्सनको सुरूङ ‘ब्रेक–थ्रु’ आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्छ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताएका छन् । सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आयोजना सम्पन्न भएपछि सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन बृद्धि हुने विश्वास व्यक्त गरे । 'बागमती प्रदेशको सिन्धुली जिल्लास्थित यस आयोजनाले मधेस प्रदेशको ५ जिल्लाका उर्वरभूमिमा वर्षैभरि सिँचाइ सुविधा पुग्नेछ, राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान एवं जलविद्युत् उत्पादन हुनेछ,' प्रधानमन्त्री प्रचण्डले भने, 'आज सुरूङको ‘ब्रेक–थ्रु’ भएको छ, यस आयोजनाको बाँकी कामसमेत निर्धारित समयमा नै सम्पन्न हुनेछ ।' सुनकोशी…

नबिल डिवेन्चर २०८९ निष्काशन गर्न नेपाल एसबीआई मर्चेण्ट बिक्री प्रबन्धक नियुक्त

नबिल डिवेन्चर २०८९ निष्काशन गर्न नेपाल एसबीआई मर्चेण्ट बिक्री प्रबन्धक नियुक्त नबिल बैंक लिमिटेडले ‘८% नबिल डिवेन्चर २०८९’ नामक ऋणपत्र निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नियुक्त गरेको छ । यस सम्बन्धमा दुई कम्पनी बिच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । नबिल बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गाना र नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका बैंकले जनाएकाे छ । बैंकले प्रति ऋणपत्र १,००० रूपैयाँ अंकित मूल्यका ऋणपत्र निष्कासन गर्न थालेको हो । वार्षिक ८ प्रतिशत ब्याजदर रहेको यो ऋणपत्रको अवधि…

सहकारीले बैंकभन्दा ठूलाे काराेबार गर्दा समस्या भयाे : मन्त्री

सहकारीले बैंकभन्दा ठूलाे काराेबार गर्दा समस्या भयाे : मन्त्री भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी संस्थाहरूले बैंकभन्दा ठूलो वित्तीय कारोबार गर्दा समस्या भएको बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले आयोजना गरेको दोस्रो लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा मन्त्री अधिकारीले सहकारीहरू आफ्नो मूल्य मान्यता र सिद्धान्त विपरीत अस्वस्थ प्रतिस्पर्धामा लागेकाे बताए । जुन उद्देश्यका साथ सहकारी स्थापना भएको थियो त्यसको खिलाफ गर्दै काम भइरहेको उनको धारणा छ । ‘सहकारीहरू बैंकभन्दा ठुलो कारोबार गर्ने अभ्यासमा लागे, सहकारीको मूल्य मान्यता विपरीत काम गर्न थाले, बचतकर्ताको बचतलाई दुरुपयोग गर्ने अधिकार कसैलाई पनि हुँदैन’, उनले…

एनआईसी एसियाकाे छुट योजना सार्वजनिक

एनआईसी एसियाकाे छुट योजना सार्वजनिक एनआईसी एसिया बैंकले कर्जा ग्राहकहरुले पाउने सुविधा सार्वजनिक गरेको छ । २०८० चैत मसान्तसम्ममा भाखा नाघेका कर्जाहरुको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ जेठभित्र चुक्ता गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट प्रदान गरिने बैंकले जनाएके छ । त्यस्तै साधारण वक्यौता ब्याज रकममा समेत छुट प्रदान गर्ने योजना बैंकले ल्याएको छ । मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालू पूँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरूलगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकहरूले यस योजनामा सहभागी भई लाभ लिन सकिने बैंकले जनाएको छ । बैंकले यस…