जनकपुरकाे एभरेष्ट बैंकमा दुर्गा प्रसाईं समर्थककाे ताला

दुर्गा प्रसाईंको ‘नागरिक बचाउ अभियान’ अन्तर्गत र्‍यालीमा हिँडेका समर्थकले जनकपुरधामस्थित एभरेष्ट बैंकमा तालाबन्दी गरेका छन् । उनीहरूले बैंकको मूल गेटमै ताला लगाएका हुन् ।

ऋणीलाई आत्महत्या गर्नसम्म बाध्य पारेको भन्दै प्रसाईं समर्थकले प्रदर्शन पनि गरेका छन् ।

बैंकमा तालाबन्दी गर्ने क्रममा प्रहरीसँग ठेलमठेल भएको थियो । गेटमा तालाबन्दीपछि स्व. खुशीराम चौधरीको तस्बिर राखिएको छ । बर्दियाका चौधरीले एभरेष्ट र ज्योती विकास बैंकले ऋण तिर्न दबाब दिएको भन्दै आत्महत्या गरेका थिए ।

प्रसाईंका समर्थक जनकपुरधामस्थित ज्योति विकास बैंकमा पनि तालाबन्दी गर्न गएका थिए तर प्रहरीले त्यहाँ रोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

जनकपुरकाे एभरेष्ट बैंकमा दुर्गा प्रसाईं समर्थककाे ताला