भारतले जमिन हस्तान्तरण गरेसँगै आइसिपी निर्माण तीव्र
भारतले जमिन हस्तान्तरण गरेसँगै आइसिपी निर्माण तीव्र गत वर्ष भारतले जमिन हस्तान्तरण गरेसँगै रुपन्देहीको बेलहियामा एकीकृत भन्सार जाँच चौकी (आईसीपी) निर्माणले गति लिएकाे छ । के.एस.एम.वसिर मोहम्मद एन्ड सन्स लखनउ र कन्सल्टेन्ट राइट्स कम्पनीले निर्माणको कामलाई तीव्रता दिएका छन् । ठेकेदारसँग भएको दुई वर्षे सम्झौता अनुसार काम सुरु भएको ८ महिना भएको छ । यस अवधिमा भौतिक प्रगति ३० प्रतिशत र वित्तीय प्रगति २५ प्रतिशत भएको छ । दुई चरणमा निर्माण हुने परियोजनामा पहिलो चरणमा भौतिक निर्माण र त्यसपछि अर्को चरणमा डेकोरेशनको काम हुनेछ । अहिले गोदाम घर, कार्यालय र कर्मचारी आवास गृह, प्रशासकीय भवन, भन्सार, क्वारेन्टाइन, विद्युतीय स्टेसन, घण्टाघर,…