पोखरामा खुकुरी फ्रेन्ड्स अफ फेस्टिभल हुँदै

नेपाल लिटरेचर फेस्टिभलका क्रममा यस वर्षदेखि खुकुरी फेन्ड्स अफ फेस्टिभल पनि हुने भएकाे छ ।
पछिल्ला तीन संस्करणदेखि लिटरेचर फेस्टिभललाई साथ दिँदै आएकाे नेपाल डिस्टिलरीले दिएकाे जानकारी अनुसार पाेखराकाे फेवा किनारमा पाँच दिनसम्म आयोजना हुने यस वर्षको खुकरी फ्रेन्ड्स अफ फेस्टिभलमा साङ्गीतिक सत्रका रुपमा पहिलो दिन कुमार नगरकोटीको काव्यिक प्रस्तुति, दोस्रो दिन कुटुम्ब ब्यान्ड, तेस्रो दिन प्रा.डा. ध्रुवेशचन्द्र रेग्मी अनि उनको समूह र द ब्लु फ्रेट ब्यान्ड तथा अन्तिम दिन विपुल क्षेत्री एन्ड द ट्राभलिङ ब्यान्डका प्रस्तुति रहनेछन् ।
खुकरी फ्रेन्ड्स अफ फेस्टिभलले आउँदा दिनमा साहित्य, काव्य र सङ्गीतलाई अन्तरघुलन गर्दै यसमा विश्वास गर्ने विशेष समुदाय निर्माणको लक्ष्य राखेको छ। यस कार्यक्रमलाई इभेन्ट एमएक्सले व्यवस्थापन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0

Leave a Reply

पोखरामा खुकुरी फ्रेन्ड्स अफ फेस्टिभल हुँदै