स्वस्तिमा बनिन् साओमीकाे ब्रान्ड एम्बासडर

अत्याधुनिक र इनोभेटिभ स्मार्टफोनहरू र एआइओटी प्रोडक्टहरु पस्किँदै आएकाे साओमीले पछिल्लो समयकी लोकप्रिय नायिका स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरेको छ ।
‘साओमी जस्तो ग्लोबल टेक्नोलोजी लिडर ब्राण्डको ब्राण्ड एम्बासडर हुन पाउँदा म निकै गौरवान्वित छु, साओमीको लक्ष्य र मेरो व्यक्तिगत लक्ष्य मेल खान्छ, मलाई यो अवसर दिएकोमा साओमीप्रति आभारी छु,’ नवनियुक्त ब्रान्ड एम्बासडर खड्का भन्छिन्, ‘मलाई आशा छ यो सहकार्यले हामी दुवैलाई एउटा नयाँ उचाइमा पुर्याउनेछ ।’
यस बारेमा बोल्दै साओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वीले भने, ‘नेपालको लोकप्रिय अभिनेत्री एवम् शालीन व्यक्तित्वकी धनी स्वस्तिमा खड्कालाई साओमीको ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गर्न पाउँदा हामी निकै उत्साहित छौँ । हाम्रो सहकार्यले साओमीले अझ उचाइ लिनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।’