कसरी अघि बढ्याे ४५० केजीको ग्यास सिलिन्डर आयातकाे तयारी ?
कसरी अघि बढ्याे ४५० केजीको ग्यास सिलिन्डर आयातकाे तयारी ? सरकारले ४५० केजी परिमाणको ग्यास सिलिन्डर आयातको प्रक्रिया बढाएको छ । यसका लागि मापदण्ड बनाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल गुणस्तर तथा नाप तौल विभागको संयोजकत्वमा एउटा समिति तयार गरिसकेको छ । यस समितिले अहिले छलफल गरिरहेको विभागका प्रवक्ता प्रभातकुमार सिंहले बताए । उनले भने, ‘तर मापदण्ड बनाउने प्रक्रिया भने अघि बढाइएको छैन ।’ नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले पनि गुणस्तर तथा नापतौल विभागको संयोजकत्वमा गठन भएको समितिले मापदण्ड बनाएर मन्त्रालयले आयात अनुमति दिएपछि ४५० केजी परिमाणको ग्यास आयात थालिने बताए । ‘एउटा समिति बनाएर त्यसको गुणस्तर…