सिन्धुपाल्चोकका चर्चित नटरवलालकाे धन्दा : परे प्रहरीको फन्दा

सिन्धुपाल्चोक,भोटेचौरका कहलिएका एक नटबरलाल प्रहरीको फन्दामा परेका छन् ।

जस्को जग्गा प्लानिङका लागि बैना दिए सोही घरकी घरपेटी उडाइदिने चर्चित नटरबरलाल प्रहरीको फन्दामा परेका हुन् । मूलपानीमा जस्को जग्गा प्लानिङ गर्न बैना दिए, त्यही घरमा बसेर, घरबेटीकी श्रीमती उडाउने पात्र हुन् चाैलागाइँ ।

आफ्नो श्रीमती अरुले उडाइदिएपछि बृद्ध डिप्रेसनमा गुज्रिएका छन् भने चाैलागाइँले श्रीमतीलाई घर न घाटको स्थितिमा पुर्याइदिएका छन् ।

उनीमाथि अरुले प्लटिङ गरेको जग्गालाई आफ्नो भन्दै साढे ४५ लाख रुपैयाँ बैना लिई ठगी गरेको आराेप छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ घर भइ काठमाडौं गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोका बस्ने ४३ वर्षीय रामकुमार चौलागाईंलाई प्रहरीले दक्षिणढोकाबाट पक्राउ परेका हुन । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गरेको हो ।

चौलागाईविरुद्ध काठमाडौं उपत्यकाकाकै विभिन्न कार्यालयहरुमा ८ वटा ठगी तथा बैंकिङ कसुरको उजुरी परेको पाइएको छ । जसमा १ करोड ७५ लाख ८५ हजार रुपैयाँ बिगो रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

Leave a Reply

सिन्धुपाल्चोकका चर्चित नटरवलालकाे धन्दा : परे प्रहरीको फन्दा