कसरी अघि बढ्याे ४५० केजीको ग्यास सिलिन्डर आयातकाे तयारी ?

सरकारले ४५० केजी परिमाणको ग्यास सिलिन्डर आयातको प्रक्रिया बढाएको छ । यसका लागि मापदण्ड बनाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल गुणस्तर तथा नाप तौल विभागको संयोजकत्वमा एउटा समिति तयार गरिसकेको छ ।

यस समितिले अहिले छलफल गरिरहेको विभागका प्रवक्ता प्रभातकुमार सिंहले बताए । उनले भने, ‘तर मापदण्ड बनाउने प्रक्रिया भने अघि बढाइएको छैन ।’

नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले पनि गुणस्तर तथा नापतौल विभागको संयोजकत्वमा गठन भएको समितिले मापदण्ड बनाएर मन्त्रालयले आयात अनुमति दिएपछि ४५० केजी परिमाणको ग्यास आयात थालिने बताए ।

‘एउटा समिति बनाएर त्यसको गुणस्तर अध्ययनसहित मापदण्ड तयार गर्दैछ,’ उनले भने, ‘हुन त आधिकारिक रूपमा जानकारी पाइएको छैन, यसको प्रक्रिया पूरा गरेर मन्त्रालय तथा अरू निकायले गर्नुपर्ने काम गरिसकेपछि निगमले आयातका लागि प्रोसेस गर्छ ।’

४५० केजी परिमाणको ग्यास सिलिन्डर ठिक छ भनेर मन्त्रालयले निर्देशन दिएपछि आयात गर्ने उनले बताए ।

सरकारले उक्त परिमाणको ग्यास आयात गर्ने भएपछि अहिले यो विषयमा आलोचना हुन थालेको छ । हाल बजारमा १४.२ केजी परिमाण तौल भएको एलपी ग्यास सिलिन्डर प्रयोगमा छ । जसको प्रयोगले दुर्घटना निम्त्याइरहेको छ । ठुलो परिमाण (४५० केजी) को ग्यास सिलिन्डर प्रयोगका क्रममा दुर्घटना भए झनै ठुलो क्षति हुने भएकाले आयात गर्न नहुने उपभोक्ता अधिकारकर्मीहरूले बताउँदै आएका छन् ।

पछिल्लो समय केही एलपी ग्यास उद्योगीले उद्योग मन्त्रालयमा ठुलो साइजको ग्यास सिलिन्डर ल्याउन पाइयोस् भनेर लबिङ गरिरहेका एक उद्योगीले बताए । कुनै ठोस अध्ययन नै नगरी उद्योगीहरूको लबिङमै निजी स्वार्थमा उद्योग मन्त्री दामोदर भण्डारीले ठुलो सिलिन्डर ल्याउने मापदण्ड बनाउन थालेका ती उद्योगीको आरोप छ ।

‘व्यवसायीले प्रशस्तै निवेदन दिएका छन्,’ मापदण्ड नभएकाले सजिलै आयात गर्न मिल्दैन । त्यसैले मापदण्ड बनेर सम्बन्धित निकायको निर्देशनपछि आयात अनुमति दिन्छौँ ।’
‘त्यसरी बनाउनु हुँदैन । यो साइजको ग्यास सिलिन्डर आयात गर्न पाऊँ भन्दै पछिल्लो समय उद्योगीले लबिङ गरिरहेका छन् । साहीअनुसार मापदण्ड बनाइँदैछ,’ उनले भने ।

निगमका कार्यकारी निर्देशक भट्टले पनि ग्यास उद्योगीहरूले करिब १० वर्षअघि नै ४५० केजी परिमाणको ग्यास आयातका लागि निवेदन दिँदै आएका बताए । तर मापदण्ड नभएका कारण निगमले आयात अनुमति दिन सकेको थिएन । अब भने मापदण्ड बनेर स्वीकृत भएपछि आयात अनुमति दिने भट्ट बताउँछन् ।

‘व्यवसायीले प्रशस्तै निवेदन दिएका छन्,’ मापदण्ड नभएकाले सजिलै आयात गर्न मिल्दैन । त्यसैले मापदण्ड बनेर सम्बन्धित निकायको निर्देशनपछि आयात अनुमति दिन्छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

कसरी अघि बढ्याे ४५० केजीको ग्यास सिलिन्डर आयातकाे तयारी ?