निलम ढुंगानालाई कामु गभर्नरकाे जिम्मेवारी

सरकारले नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई कार्यवाहक गभर्नरको जिम्मेवारी दिएको छ ।

राष्ट्र बैंकका सूचना अधिकारी सुमन न्यौपानेले अर्थ मन्त्रालयबाट डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यवाहक गभर्नरको जिम्मेवारी तोकिएको पत्र आएको बताए ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुंगानालाई कामु गभर्नरको जिम्मेवारी तोकेका हुन् । चैत २२ गते नै ढुंगानालाई कार्यवाहक गभर्नर तोकेको पत्र साेमबार नेपाल राष्ट्र बैंक पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

निलम ढुंगानालाई कामु गभर्नरकाे जिम्मेवारी