‘विद्युत महसुल विवाद ९ वर्षसम्म लम्ब्याएर १६ अर्ब छुट किन दिएको ?’
'विद्युत महसुल विवाद ९ वर्षसम्म लम्ब्याएर १६ अर्ब छुट किन दिएको ?' प्रधानमन्त्री केपी शर्मा ओलीले ट्रंक तथा डेडिकेटेड महसुल विवादमा सरकारको धारणा स्पष्ट पार्दै रेकर्डमा देखिएको महसुल एक रुपैयाँ पनि छुट दिन नहुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आइतबार साँझ एक टिप्पणी लेख्दै प्रधानमन्त्री ओलीले ९ बर्षसम्म महसुल विवाद लम्ब्याएर किन १६ अर्ब छुट दिएको भन्दै प्रश्न गरेका छन् । ‘केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा डेडिकेटेड फिडर र ट्रंकलाइन उपभोक्ताबाट सरकारले महसुल उठाउन खोजिरहेको छैन भन्ने बारम्बार प्रश्न आइरहेको छ ।’ प्रधानमन्त्रीले भनेका छन– ‘तर सरकारको कुरा यत्रो ९ बर्षसम्म किन २१ अर्ब ८८ करोड रुपैयाँ महसुल उठाइएन,…