स-साना पुँजीका धेरै उद्याेग स्थापना गराैं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले स-साना पुँजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योग स्थापना र विस्तार गर्नुपर्ने बताएका छन् ।

काठमाडाैंमा आयाेजित स्टार्ट अप नेशन–२०३० कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सिर्जनशील सोचका साथ युवा र महिलाले कामका लागि विदेश नगइ स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने बताए ।

आफ्नै उत्पादनबाट आयात विस्थापन गर्न, गरिबी घटाउन, राष्ट्रिय आत्मविश्वास वृद्धि गर्न र दिगो विकासका लक्ष्य हासिल गर्न युवा उद्यमशीलतालाई व्यापक बनाउनु पर्ने उनकाे भनाइ छ । यस्ता उद्यमलाई सम्पत्ति राखेर नभइ परियोजनाका आधारमा बैंकले ऋण दिनुपर्ने उनले बताए ।

‘हामीले प्रविधि सीप र पुँजीका आधारमा सिङ्गो देशलाई उत्पादनमा परिणाम देखिने गरी उद्यमशीलता वृद्धि गर्नुपर्ने छ, यति गर्न सके देशले पक्का पनि काँचुली फेर्छ’ उनले भने ।

कार्यक्रम मा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योगमन्त्री दामोदर भण्डारी, श्रममन्त्री शरतसिंह भण्डारी, नेपाल उद्योग वाणिज्य महाङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

सानाे पुँजीका धेरै उद्याेग स्थापना गराैं : प्रधानमन्त्री