अत्यावश्यक सेवामा हडतालपछि मन्त्रालयले बाेलायाे वार्तामा

अत्यावश्यक सेवामा हडतालपछि मन्त्रालयले बाेलायाे वार्तामा पेट्रोलियम पदार्थको ढुवानी रोकिएर उपत्यकामा अभाव सिर्जना भएपछि सरकारले आन्दाेलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेकाे छ । सरकारले पेट्राेलियम पदार्थकाे आपूर्तिलाई अत्यावश्यक सेवाभित्र राखेकाे छ । अत्यावश्यक सेवामा हडताल गर्न बर्जित छ । नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आह्वानमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालक तथा सहचालक आन्दोलित भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आन्दाेलनरत पक्षका नेताहरुलाई छलफलका लागि बोलाएको हाे । संघले ७ बुँदे माग राख्दै आन्दाेलनका कार्यक्रम गरिरहेकाे छ । आयल निगममा लामो समयदेखि ट्यांकर चालक मजदुरहरू आवश्यक सेवा सुविधाविना नै काम गर्न बाध्य रहेको र यो समस्या समाधानका लागि लामो समयदेखि अनुरोध…

मजदुर हडतालले उपत्यकामा पेट्राेल अभाव : बिहानैदेखि पम्पहरुमा लाइन

मजदुर हडतालले उपत्यकामा पेट्राेल अभाव : बिहानैदेखि पम्पहरुमा लाइन काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरू बन्द गरिएका छन् । पेट्रोल अभाव देखाउँदै आइतबार साँझबाटै पम्पहरू बन्द गरिएका हुन् । सेना र प्रहरीद्वारा सञ्चालित पम्पमा अभाव नदेखिए पनि साेमबार बिहानैदेखि सवारीसाधनकाे लामाे लाइन छ । उपत्यकाका अधिकांश पम्पमा ‘पेट्रोल छैन’ लेखेर झुण्ड्याइएको छ । पेट्रोलियम ट्यांकर चालक संघको आव्हानमा विभिन्न मागसहित मजदुरहरू आन्दोलनमा उत्रिएपछि पेट्रोल राजधानी भित्रिन पाएको छैन । ट्यांकर चालक / सहचालकहरुले नियुक्ति पत्र दिई तोकिएअनुसारको तलबको व्यवस्था गर्नुपर्ने, सामाजिक सुरक्षा कोषमा आवद्ध गरिनुपर्ने, जोखिम भत्ता दिइनुपर्नेलगायतका ७ बुँदे माग राखेका छन् । जेठ ३२ देखि कालोपट्टी बाँधेर आन्दोलन थालेका उनीहरूले…

वागमतीमा करकाे दर परिमार्जन

वागमतीमा करकाे दर परिमार्जन बागमती प्रदेश सरकारले एकल तथा साझा अधिकार क्षेत्रभित्र रहेका विज्ञापन कर, मनोरञ्जन कर, ढुङ्गा, गिट्टी, बालुवा, शुल्कमा परिमार्जन गरेको छ । प्रदेश राजस्व परामर्श समितिको परामर्श तथा सुझावका आधारमा राजस्वको नयाँ क्षेत्रको पहिचान गरी उक्त क्षेत्रको राजस्व दर परिमार्जन गरेको आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बताए । प्रदेशको अधिकार क्षेत्रभित्रका अधिकांश करका दरहरू यथावत् राखी कार्यान्वयनमा देखिएका द्विविधाहरू हटाउने गरी केही करका दरमा सामान्य परिमार्जन गरिएको उनले बताए । उनका अनुसार २० वर्ष वा सोभन्दा बढी अवधि पूरा भएका सार्वजनिक सवारी साधनको दर्ता खारेज गराउने प्रयोजनका लागि आगामी पुस मसान्तसम्म बुझाए जरिवानामा ८० प्रतिशत…

तीन जिल्लामा लुम्बिनी क्षेत्र पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने

तीन जिल्लामा लुम्बिनी क्षेत्र पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने लुम्बिनी प्रदेश सरकारले बुद्धको जीवनसँग सम्बन्धित रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्ला लक्षित बुद्धको जीवनदर्शन र ज्ञानलाई कार्यस्थलमा रुपान्तरण हुने गरी लुम्बिनी क्षेत्र पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने बजेटमा उल्लेख छ । प्रदेश सरकारले 'लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन' गर्ने भएको छ । आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै लुम्बिनीका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले शिखर सम्मेलन गर्ने बताएका हुन् । ‘विश्वलाई शान्तिको महशुस गराउन भगवान बुद्धले निर्वाणको समयमा भन्नुभएको जीवनकालमा लुम्बिनीमा कम्तिमा एकपटक पाइला टेक भन्ने भनाइसहित लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलनको आयोजना गरिने छ’ बजेट वक्तव्यमा भनिएको…

मधेश सरकारकाे घाेषणा : किसानलाई पेन्सन

मधेश सरकारकाे घाेषणा : किसानलाई पेन्सन मधेश सरकारले आगामी आर्थिक वर्षदेखि किसान कार्ड वितरण र किसानलाई पेन्सन दिने भएको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट शनिबार प्रदेशसभामा प्रस्तुत गर्दै अर्थमन्त्री भरत प्रसाद साहले किसान कार्ड र पेन्सनका लागि बजेट विनियोजन गरेको बताए । उनले कृषि विद्युतिकरण विस्तार र कृषि विल निःशुल्क गर्ने घोषणा पनि गरे । उनले धान, गहुँ र तेलहन बीउका लागि तथा कृषि सडक निर्माणका लागि पनि बजेट विनियोजन गरेको बताए । उनले एक पालिका एक कृषि उत्पादन कार्यक्रम सञ्चालन गरिने र पशुमा खोरेत रोगको प्रकोप देखिने गरेकाले खोरेत रोगमुक्त प्रदेशका लागि आवश्यक बजेट विनियोजन गरेको…

४०० केभीको हेटौंडा सबस्टेसन उद्घाटन

४०० केभीको हेटौंडा सबस्टेसन उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले ४०० केभीको हेटौंडा सबस्टेसन उद्घाटन गरेका छन् । नेपाल विद्युत् प्राधिकरणले हेटौंडामा आयोजना गरेको कार्यक्रममा उनले हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङमा निर्मित सबस्टेसन उद्घाटन गरेका हुन् । ग्यास इन्सुलेटेड प्रणाली (जीआईएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो ४०० केभी हेटौंडा सबस्टेसन निर्माण सम्पन्न गरी गत शुक्रबारदेखि सञ्चालन (चार्ज) मा ल्याइएको छ । यसैगरी नेपाल-भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट थानाभर्‍याङमा नै २२० र १३२/११ केभी क्षमताका सबस्टेसन निर्माण सम्पन्न गरी गत शुक्रबारदेखि नै चार्ज गरिएका छन् । मुलुकभित्रको पूर्व-पश्चिम विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र भारतसँगको विद्युत् व्यापारका लागि निर्माण गरिएको जिआइएस प्रविधियुक्त…

आईएमई लाइफ इन्स्योरेन्सकाे २६.३१ प्रतिशत लाभांश पारित

आईएमई लाइफ इन्स्योरेन्सकाे २६.३१ प्रतिशत लाभांश पारित आईएमई लाइफ इन्स्योरेन्सको सातौं वार्षिक साधारण सभाले २६.३१५८ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष रामहरि अर्यालको सभापतित्वमा जेठ २८ गते सोमबार काठमाडाैंको नक्सालस्थित आम्रपाली ब्यांक्वेटमा उक्त साधारण सम्पन्न भएको हाे। साधारण सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित चुक्ता पुँजी ४ अर्बको २५ प्रतिशतले हुन आउने १ अर्ब बराबरको बोनश शेयर र कर प्रयोजनको लागि समेत १.३१५८ प्रतिशतले हुन आउने ५ करोड २६ लाख ३१ हजार ५७९ रुपैयाँ बराबरको नगद लाभांश गरी कुल २६.३१५८ प्रतिशत लाभांश पारित गरेको हाे। सभा मार्फत कम्पनीले आर्थिक वर्ष २०७९/०८० को सञ्चालक समितिको प्रतिवेदन…

फुटबल सिजनमा सामसङकाे विशेष अफर

फुटबल सिजनमा सामसङकाे विशेष अफर विश्वव्यापी ब्रान्ड सामसङले फुटबल सिजनका लागि विशेष अफर ल्याएको छ । सामसङले नवीनतम टिभीहरूमा ३८% सम्म छुट प्रदान गर्दै छ । साथै यस अफरमा चयन गरिएका ठूला टिभी मोडलहरू खरिद गर्दा निःशुल्क साउन्डबार प्राप्त गर्न सक्ने योजना छ । अन्य टिभीसँगै खरिद गरिएका साउन्ड बारहरूमा ५०% सम्म क्यासब्याकको अफर पनि छ । ग्राहकले १८ महिना अवधिका लागि ०% ब्याज ईएमआईमा सामसङका नवीनतम टिभीहरू पनि खरिद गर्न सक्नेछन । आफ्नो पुरानो इलेक्ट्रोनिक्स उपकरण तथा टिभीहरूलाई arkostore.com मार्फत नयाँ सामसङ टिभीसँग साट्न एक्सचेन्ज सेवा पनि उपलब्ध गराइएको छ । निःशुल्क इन्सटलेसन् सेवा र खरिद गरिएको टिभीमा ३…

विश्व बैंक अन्तर्राष्ट्रिय विकास संघकाे २१औँ बैठक असार पहिलाे साता काठमाडाैंमा

विश्व बैंक अन्तर्राष्ट्रिय विकास संघकाे २१औँ बैठक असार पहिलाे साता काठमाडाैंमा विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडिए) काे २१औँ बैठक नेपालमा हुँदैछ । आगामी ४ देखि ७ असारसम्म काठमाडौँमा हुने बैठकको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नेछन् । आइडिएको २१औँ बैठक आयोजना गर्न विभिन्न देशले प्रस्ताव पेश गरेका थिए । अन्तिममा ताजकिस्तान र नेपालमध्येबाट विश्व बैंक सञ्चालक समितिले बैठकका लागि नेपाल रोजेको हो । उद्घाटन, बन्द सत्र र समापन गरी तीन सत्रमा कार्यक्रम हुनेछ । समापन सत्रको प्रमुख अतिथि अर्थमन्त्री पुन छन् । अर्थ मन्त्रालयले बैठक व्यवस्थापनका लागि सचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय…

ग्लोबल आइएमई बैंकद्वारा ‘डिजिटल युनिभर्स’ सञ्चालन

ग्लोबल आइएमई बैंकद्वारा ‘डिजिटल युनिभर्स’ सञ्चालन ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरु प्रदान गर्ने गरी छुट्टै लाउन्ज ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको छ । बैंकमा आयोजित एक विशेष कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक जम्मा गर्ने मेशिन, नगद जम्मा गर्ने मेशिन र एटीएम मेशिन जस्ता अत्याधुनिक मेशिनहरु रहेको डिजिटल युनिभर्सको उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले भने, ‘डिजिटल युनिभर्सको सञ्चालनले डिजिटल बैंकिङलाई प्रवर्द्धन गर्दै आम जनतालाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्नुका साथै ग्राहकहरुलाई सरल र सहज बैंकिङ सेवा प्रदान गर्न सहयोग पुग्नेछ । ‘यो पहल ग्लोबल आइएमई…