मजदुर हडतालले उपत्यकामा पेट्राेल अभाव : बिहानैदेखि पम्पहरुमा लाइन

काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरू बन्द गरिएका छन् । पेट्रोल अभाव देखाउँदै आइतबार साँझबाटै पम्पहरू बन्द गरिएका हुन् । सेना र प्रहरीद्वारा सञ्चालित पम्पमा अभाव नदेखिए पनि साेमबार बिहानैदेखि सवारीसाधनकाे लामाे लाइन छ ।

उपत्यकाका अधिकांश पम्पमा ‘पेट्रोल छैन’ लेखेर झुण्ड्याइएको छ ।

पेट्रोलियम ट्यांकर चालक संघको आव्हानमा विभिन्न मागसहित मजदुरहरू आन्दोलनमा उत्रिएपछि पेट्रोल राजधानी भित्रिन पाएको छैन ।

ट्यांकर चालक / सहचालकहरुले नियुक्ति पत्र दिई तोकिएअनुसारको तलबको व्यवस्था गर्नुपर्ने, सामाजिक सुरक्षा कोषमा आवद्ध गरिनुपर्ने, जोखिम भत्ता दिइनुपर्नेलगायतका ७ बुँदे माग राखेका छन् ।

जेठ ३२ देखि कालोपट्टी बाँधेर आन्दोलन थालेका उनीहरूले असार १ मा ट्यांकरमा कालो झण्डा राखेका थिए । आइतबारदेखि पूर्णरूपमा काम छाडेर गाडीको साँचो ट्यांकर धनीलाई बुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

मजदुर हडतालले उपत्यकामा पेट्राेल अभाव : बिहानैदेखि पम्पहरुमा लाइन