आईएमई लाइफद्वारा ३४.५० प्रतिशत लाभांश प्रस्ताव

आईएमई लाइफ इन्स्योरेन्सद्वारा ३४.५० प्रतिशत लाभांश प्रस्ताव आईएमई लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । आर्थिक वर्ष २०७९/८० को बोनस सेयर तथा नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई कुल ३४.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँ बराबरको बोनस सेयर र ९.५० प्रतिशतले हुन आउने ३८ करोड रुपैयाँ बराबरको नगद लाभांश (कर सहित) प्रस्ताव गरको हो । कम्पनीको अहिले चुक्ता पूँजी ४ अर्ब रहेको छ । लाभांश पास भएपछि चुक्ता पूँजी ५ अर्ब पुग्ने…

नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य : अर्थमन्त्री

नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य : अर्थमन्त्री अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन-२०२४ भव्य रुपमा सफल भएको बताएका छन् । सम्मेलनमा सहभागी हुन आएका विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) तथा नेपालका लागि विभिन्न देशका राजदूतहरुसँगको साइडलाइन बैठकमा बोेल्दै सोमबार उनले सम्मेलन सफल भएको बताए । उनले लगानी सम्मेलनमा विकास साझेदारहरुको सक्रिय सहभागिताले आफूहरु उत्साहित भएको उल्लेख गरे । विकास साझेदार, लगानीकर्ता र सरोकारवालाहरुको उल्लेख्य उपस्थितिले लगानी सम्मेलन सफल भएको उनको भनाइ थियो । लगानी सम्मेलनमा भएको उपस्थितिले नेपाल लगानीका लागि विश्वकै उत्कृष्टमध्येको गन्तव्य भएको पुष्टि गरेको मन्त्री पुनले बताए ।…

मर्स्याङ्‍दीकाे बिजुली ल्याउने २२० केभी मातातीर्थ सबस्टेसन उद्घाटन

मर्स्याङ्‍दीकाे बिजुली ल्याउने २२० केभी मातातीर्थ सबस्टेसन उद्घाटन मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन निर्माण गरिएको मर्स्याङ्‍दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सबस्टेसन उद्घाटन गरिएको छ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–८ निर्माण गरिएको सबस्टेसन परिसरमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रसारण लाइन तथा सबस्टेसन उद्घाटन गरेका हुन् । काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि २२०/१३२ केभी, ३२० एमभीए क्षमताको मातातीर्थ सबस्टेसन काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि सबैभन्दा ठूलो सबस्टेसन हब हो । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ उपत्यकामा ल्याउन तनहुँको आँबुखैरनीस्थित मार्कीचोक सबस्टेसनबाट काठमाडौंसम्मको मर्स्याङ्‍दी–काठमाडौं २२० केभी डबल सर्किट…

नेपालमा लगानी विस्तार गर्न महासंघ अध्यक्षकाे आग्रह

नेपालमा लगानी विस्तार गर्न महासंघ अध्यक्षकाे आग्रह नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी विस्तारका लागि विश्वभरका लगानीकर्तालाई आग्रह गरेका छन् । आइतबारदेखि काठमाडौंमा सुरू तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहमा ढकालले नेपालमा अधिकांश क्षेत्रमा लगानी सम्भावना रहेको भन्दै नेपाल नयाँ लगानीको गन्तब्य बन्न सक्ने बताए । विश्वका उदाउँदा ठूला अर्थतन्त्र, चीन र भारतको बीचमा रहेको नेपालको रणनैतिक अवस्थितिले गर्दा यी दुई देशको बजार, पर्यटन र विकासको फाइदा नेपालले लिन सक्ने ढकालको भनाइ थियो । नेपालमा लगानीका लागि सहज वातावरण बन्दै गएको उल्लेख गर्दै उनले विश्वभरबाट जम्मा भएका करिब दुई हजार लगानीकर्तालाई नेपालमा पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधिलगायतका…

लगानीका लागि नेपाल उपयुक्त गन्तव्य : प्रधानमन्त्री

लगानीका लागि नेपाल उपयुक्त गन्तव्य : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको बताएका छन् । ‘नेपाल लगानी सम्मेलन २०२४’ उद्घाटन गर्दै दाहालले नेपाल कानुनी, भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि सम्भावनायुक्त देश भएको बताए । उदार आर्थिक नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले नेपालमा लगानीमैत्री वातावरण सिर्जना भएको जानकारी दिए । लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीलाई सहज अवस्था सिर्जना गर्न नेपाल निरन्तर अगाडि बढेको दाहालले आश्वस्त पारे । उनले हालै मात्र व्यवसाय र लगानीसम्बन्धी विभिन्न आठ कानुन परिमार्जन गरिएको जानकारी गराए । उनले भने, ‘मलाई विश्वास छ, यसले नेपालमा लगानी गर्ने लगानीकर्ताको आत्मविश्वास बढाउँछ ।’…

चालु वर्ष आर्थिक वृद्धिदरमा सुधार हुन्छ : गभर्नर

चालु वर्ष आर्थिक वृद्धिदरमा सुधार हुन्छ : गभर्नर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्ष आर्थिक वृद्धिदरमा सुधार हुने दाबी गरेका छन् । केन्द्रीय बैंकको बार्षिक उत्सवलाई सम्बोधन गर्दै गभर्नर अधिकारी चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर अघिल्लो वर्षको तुलनामा सुधार हुने बताए । आर्थिक वर्ष २०८०/८१ मा समयमै रोपाइँ भएको, मौसम अनुकूल भई समयमा वर्षा भएको र मलको आपूर्ति सहज नै रहेकोले कृषि उत्पादन बढ्ने अनुमान छ । विप्रेषण आप्रवाहमा भएको सुधारले बाह्य क्षेत्र सुदृढ भई बैंकिङ प्रणालीमा तरलता बढेको र कर्जाको ब्याजदर घटेकोले आर्थिक गतिविधि चलायमान हुनका लागि आधार सिर्जना भएको छ । पयर्टक आगमन कोभिडपूवको अवस्थामा…

शिवम् सिमेन्ट सर्वाधिक १३.३१ करोड बोरा ओपिसी सिमेन्ट बिक्री गर्न सफल

शिवम् सिमेन्ट सर्वाधिक १३.३१ करोड बोरा ओपिसी सिमेन्ट बिक्री गर्न सफल शिवम् सिमेन्टले नेपाली सिमेन्ट जगतमै इतिहास रच्दै सर्वाधिक १३.३१ करोड बोरा ओपिसी सिमेन्ट विक्री गर्न सफल भएको छ । अत्याधुनिक प्रविधि र दशकौँको अनुभवका साथ आफ्नै खानीको चुन ढुंगाबाट निर्मित उच्च गुणस्तरीय ओपिसी सिमेन्ट उत्पादन गर्ने शिवम् सिमेन्ट सर्वसाधारणको लागि सेयर जारी गर्ने नेपालको पहिलो सिमेन्ट कम्पनी हो । शिवम् सिमेन्टले ४३ र ५३ ग्रेडमा ओपिसि सिमेन्ट उत्पादन गर्दै आएको छ । शिवम् सिमेन्ट एनएस क्वालिटी अवार्ड २०१९ बाट सम्मानित नेपालकै पहिलो सिमेन्ट कम्पनी पनि हो । 'भरोसा अटुट सम्बन्धको', 'गुणस्तरीय मामलामा नाे कम्प्राेमाइज', 'गुणस्तरको पहिचान हो शिवम्' तथा…

रोबोटिक सर्जरीले पाउँदै छ नयाँ अनुहार

रोबोटिक सर्जरीले पाउँदै छ नयाँ अनुहार भारत, बिहारको सवेरा अस्पताल क्याम्पसको पाँचौं तल्लामा रहेको ‘अनुप इन्स्टिच्युट अफ अर्थोपेडिक्स एण्ड रिह्याबिलिटेसन एक्स्टेन्सन युनिट’मा रोबोटिक प्रविधिको प्रयोग गरेर बेलायतबाट आएका बिरामीको दुवै घुँडा एकैपटक प्रत्यारोपण गरिएको छ । काङ्करबाग, पटनामा रहेको यो शल्यक्रिया केन्द्रले स्थापना भएको ३ वर्षभित्रै रोबोटिक विधिबाट एक हजारभन्दा बढी बिरामीको जोर्नीको शल्यक्रिया गरिसकेको छ । यसले मेडिकल पर्यटनको लागि नयाँ सम्भावनाको ढोका उघारेको चिकित्सकहरुले बताएका छन् । लन्डनका ती ७५ वर्षीय बिरामी ओस्टियोआर्थराइटिसबाट ग्रस्त थिए, जसले विश्वभरका ५२ करोड ८० लाखभन्दा बढी मानिसलाई असक्त बनाएको छ। अनुप इन्स्टिच्युट अफ अर्थोपेडिक्स एण्ड रिह्याबिलिटेसनको एक्सटेन्सन युनिटका मेडिकल डाइरेक्टर डा. आशिष…

चौथो हिमालयन हाइड्रो एक्स्पो सुरु

चौथो हिमालयन हाइड्रो एक्स्पो सुरु हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरू गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले बुधबार काठमाडौंको कमलादीस्थित स्काइ वाक टावरटबाट निकालिएकाे ईभी र्‍याली उ्दघाटन गर्दै एक्पोको सुरूवात गरेका हुन् । र्‍याली कमलादीबाट सिंहदरबार, नयाँ बानेश्वर, कोटेश्वर, ग्वार्काे, सातदोबाटो, कुपोन्डोल, थापाथली, धरहरा, लैनचौर, राष्ट्रपति भवन, प्रधानमन्त्रीको कार्यालय, नागपोखरी, हात्तिसार हुँदै भृकुटीमण्डपसम्म पुगेर सकिएको थियाे । पेट्रोलियम पदार्थको उपयोग कम गर्ने र विद्युतीय सवारी साधनको उपभोग बढाउने सन्देश दिन तथा नेपालको जलविद्युतको सम्भावनाबारे जानकारी दिन र्‍याली निकालिएको कार्यक्रम संयोजक तथा इप्पानका उपाध्यक्ष भरत खत्रीले बताए । वैशाख १२, १३ र १४ सम्म हुने एक्पोमा उच्चस्तरीय बिजनेस मिटिङहरू…

Read more about the article नेपाल-कतार संयुक्त वाणिज्य परिषद् स्थापना
g]kfn / stf/aLr låkIfLo ;Demf}tf / ;dembf/L kqdf x:tfIf/ sf7df8f}F, !@ j}zfvM g]kfnsf] b'O{lbg] /fhsLo e|d0fdf /xg'ePsf stf/sf cld/ z]v tldd lag xdfb cn yfgL / k|wfgdGqL k'iksdn bfxfn …k|r08Úsf] pkl:yltdf g]kfn pBf]u jfl0fHo dxf;ª\3sf cWoIf rGb|k|;fb 9sfn / stf/ r]Da/ ckm sdz{sf cWoIf vflnkmf lag hl;d lag df]xdb cn yfgL låkIfLo ;Demf}tf / ;dembf/L kqdf x:tfIf/ ub}{ . tl:a/M k|bLk/fh jGt÷/f;;

नेपाल-कतार संयुक्त वाणिज्य परिषद् स्थापना

नेपाल-कतार संयुक्त वाणिज्य परिषद् स्थापना नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त वाणिज्य परिषद् स्थापना भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले नेतृत्व गर्ने परिषद् स्थापनाका लागि बुधबार सम्झौता भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका अमीर शेख तमीम विन हमाद अल थानीको उपस्थितिमा महासंघ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष शेख खलिफा बिन जसिम अल थानीले सम्झौतामा हस्ताक्षर गरेका हुन् । परिषदले व्यापार विस्तार, लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण, पर्यटन प्रवर्द्धनको क्षेत्रमा काम गर्नेछ । तीव्र आर्थिक वृद्धि भैरहेको खाडी मुलुक कतारसँग सम्वादका लागि…