रोबोटिक सर्जरीले पाउँदै छ नयाँ अनुहार

भारत, बिहारको सवेरा अस्पताल क्याम्पसको पाँचौं तल्लामा रहेको ‘अनुप इन्स्टिच्युट अफ अर्थोपेडिक्स एण्ड रिह्याबिलिटेसन एक्स्टेन्सन युनिट’मा रोबोटिक प्रविधिको प्रयोग गरेर बेलायतबाट आएका बिरामीको दुवै घुँडा एकैपटक प्रत्यारोपण गरिएको छ ।
काङ्करबाग, पटनामा रहेको यो शल्यक्रिया केन्द्रले स्थापना भएको ३ वर्षभित्रै रोबोटिक विधिबाट एक हजारभन्दा बढी बिरामीको जोर्नीको शल्यक्रिया गरिसकेको छ । यसले मेडिकल पर्यटनको लागि नयाँ सम्भावनाको ढोका उघारेको चिकित्सकहरुले बताएका छन् ।
लन्डनका ती ७५ वर्षीय बिरामी ओस्टियोआर्थराइटिसबाट ग्रस्त थिए, जसले विश्वभरका ५२ करोड ८० लाखभन्दा बढी मानिसलाई असक्त बनाएको छ।
अनुप इन्स्टिच्युट अफ अर्थोपेडिक्स एण्ड रिह्याबिलिटेसनको एक्सटेन्सन युनिटका मेडिकल डाइरेक्टर डा. आशिष सिंहले घुँडा र हिप प्रतिस्थापनका लागि गरिने रोबोटिक शल्यक्रियाका बारेमा विस्तृत जानकारी दिए। इन्स्टिच्युटमा आउनेमा बेलायत, पाकिस्तान, भुटान, नेपाल, बंगलादेश र अफगानिस्तानका बिरामी छन् ।
युनिटले गुवाहाटी, डिब्रुगढ, त्रिपुरा, महाराष्ट्र, मुम्बई, दिल्ली, बैंगलोर, छत्तीसगढ, नागपुर र रायपुरलगायतका धेरै भारतीय राज्यमा पनि आफ्नो पकड स्थापित गरेको छ, जसले गर्दा शल्यक्रियाका लागि गर्नुपर्ने अन्तहीन प्रतीक्षा घटाउँदै ठूला भारतीय र अन्तर्राष्ट्रिय शहरहरूमा हुने अत्याधिक खर्च र डाक्टरको लापरवाहीबाट समेत यसले उन्मुक्ति दिलाएको छ।
रोबोटिक प्रणालीले घुँडा प्रतिस्थापनको शल्यक्रियालाई ३-४ घण्टाबाट ४० देखि ५० मिनेटमा घटाएको छ र शल्यक्रियाको प्रक्रियापछि ४ देखि ५ घण्टाभित्र बिरामीहरु आफ्नो खुट्टामा उभिन सक्छन् । सर्जन र मेसिनरीहरूको उत्कृष्ट टोलीको साथ, सिमलेस आतिथ्यता र छिटो रिकभरी हुन सकिन्छ भने बजेट-मैत्री अस्पताल हुनु यसमा थप फाइदा हो ।