चौथो हिमालयन हाइड्रो एक्स्पो सुरु

हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरू गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले बुधबार काठमाडौंको कमलादीस्थित स्काइ वाक टावरटबाट निकालिएकाे ईभी र्‍याली उ्दघाटन गर्दै एक्पोको सुरूवात गरेका हुन् ।

र्‍याली कमलादीबाट सिंहदरबार, नयाँ बानेश्वर, कोटेश्वर, ग्वार्काे, सातदोबाटो, कुपोन्डोल, थापाथली, धरहरा, लैनचौर, राष्ट्रपति भवन, प्रधानमन्त्रीको कार्यालय, नागपोखरी, हात्तिसार हुँदै भृकुटीमण्डपसम्म पुगेर सकिएको थियाे ।

पेट्रोलियम पदार्थको उपयोग कम गर्ने र विद्युतीय सवारी साधनको उपभोग बढाउने सन्देश दिन तथा नेपालको जलविद्युतको सम्भावनाबारे जानकारी दिन र्‍याली निकालिएको कार्यक्रम संयोजक तथा इप्पानका उपाध्यक्ष भरत खत्रीले बताए ।

वैशाख १२, १३ र १४ सम्म हुने एक्पोमा उच्चस्तरीय बिजनेस मिटिङहरू आयोजना गरिएको छ । जसमा भारतका अडानी ग्रुप, पीटीसीलगायतका कम्पनी प्रतिनिधिसँग छलफल हुनेछ ।

एक्स्पोमा अहिलेसम्म १२ भन्दा बढी देशका सयभन्दा धेरै स्टलहरूको बुकिङ सम्पन्न भइसकेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र लगानी बोर्ड नेपालको संरक्षकत्वमा आयोजना हुने हाइड्रो एक्स्पोको कन्ट्री पार्टनर भारतीय राजदूतावास हाे ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

चौथो हिमालयन हाइड्रो एक्स्पो सुरु