जेठ मसान्तसम्म नवीकरण नगरे क्यासिनोको इजाजत खारेज

जेठ मसान्तसम्म नवीकरण नगरे क्यासिनोको इजाजत खारेज जेठ मसान्तसम्म क्यासिनो नवीकरणका लागि आवेदन नदिए क्यासिनो सञ्चालकको इजाजतपत्र स्वतः खारेज हुने भएको छ । सञ्चालन गर्दै आएको क्यासिनो यही जेठ मसान्तसम्म नवीकरणका लागि निवेदन नदिए सञ्चालनका लागि लिएको इजाजतपत्र स्वतः खारेज हुने पर्यटन विभागका प्रवक्ता एवं निर्देशक कालिबहादुर भुजेलले जानकारी दिए । उनले भने, “क्यासिनोको इजाजतपत्र असार मसान्तमा नवीकरण हुने तथा उक्त नवीकरणका लागि एक महिनाअगाडि जेठ मसान्तसम्म आवेदन दिनुपर्ने हुन्छ । जेठ मसान्तसम्म नवीकरणका लागि आवेदन नदिए स्वतः खारेज हुने छ ।”अहिलेसम्म क्यासिनो नवीकरण गराउनका लागि न्यून सङ्ख्यामा मात्रै आवेदन परेको प्रवक्ता भुजेलले बताए। उनका अनुसार देशभरि क्यासिनो सञ्चालनका लागि…

६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने सरकारकाे लक्ष्य

६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने सरकारकाे लक्ष्य सरकारले आगामी आर्थिक वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटको कार्यान्वयनबाट आगामी आर्थिक गतिविधिमा तीव्रता आउने र उत्पादन वृद्धि तथा रोजगारी सृजना हुन गई दिगो, फराकिलो एवं समावेशी आर्थिक वृद्धि हासिल हुने विश्वास जनाए । बजेटमा प्रस्ताव गरेको राजस्वसम्बन्धी नीति तथा कार्यक्रमको कार्यान्वयनबाट राजस्वको आधार तथा दायरा बिस्तार हुने, आर्थिक क्रियाकलाप र लगानीमैत्री कर प्रणाली स्थापित भई आन्तरिक राजश्व परिचालन सुदृढ हुँदै जाने अपेक्षा पनि आफूले गरेको अर्थमन्त्री पुनको भनाई थियो ।

कर : केमा बढ्याे, केमा घट्याे ?

कर : केमा बढ्याे, केमा घट्याे ? सरकारले नयाँ बजेटमार्फत आलु, प्याज, स्याउ र तरकारीमा लाग्दै आएको मूल्य अभिवृद्धि कर हटाएको छ । तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले आलु र प्याजमा भ्याट लगाएपछि विरोध भएको थियो । त्यस्तै मूल्य अभिवृद्धि करमा दर्ताका लागि वस्तु र सेवाको मिश्रित कारोबारमा हाल रहेको थ्रेसहोल्ड बढाएर ३० लाख पुर्‍याइएको छ । उद्योगले पैठारी गर्ने कच्चापदार्थमा लाग्ने महसुलभन्दा तयारी वस्तुको पैठारीमा लाग्ने महसुल कम्तीमा एक तह कम गरी स्वदेशी उद्योगलाई सरकारले प्राथमिकता दिएको छ । औषधि, इन्डक्सन चुल्हो, धागो, हेल्मेट, अगरबत्ती, सेनिटरी प्याड, काजु र बदाम प्रशोधन, स्प्रिङ पत्ता बनाउनेलगायतका उद्योगको कच्चापदार्थमा लाग्ने पैठारी महसुल र…

नयाँ बजेटका के–के छन् प्राथमिकता ?

नयाँ बजेटका के–के छन् प्राथमिकता ? आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा निजामती कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता नबढ्ने भएको छ । ‘प्रधानमन्त्री आत्मनिर्भर छोरी कार्यक्रम’ मा भने भारी बजेटका साथ लैजान खोजिएको छ । कतिपयले यो कार्यक्रम कार्यकर्तामुखी भएको टिप्पणी गरेका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत कार्यान्वयन हुने यो कार्यक्रमको लागि मात्र १६ अर्बको प्रस्ताव गएको छ । सशस्त्र द्वन्द्व र जनआन्दोलनमा घाइते भएका र अपाङ्गता भएकालाई जीवन निर्वाह भत्ता, द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्तिजस्ता नाम दिएर यो पटक कार्यकर्ता र वितरणमुखी भारी रकम विनियोजनको तयारी छ । यस्तै स्टार्टअपको प्रवर्द्धनलाई राष्ट्रिय अभियानकै रूपमा सञ्चालनको तयारी छ…

खाद्यान्न ढुवानी अनुदान नीतिमाथि महालेखाकाे प्रश्न

खाद्यान्न ढुवानी अनुदान नीतिमाथि महालेखाकाे प्रश्न महालेखापरीक्षकको कार्यालयले सरकारले दिँदै आइरहेको खाद्यान्न ढुवानी अनुदान नीतिमाथि प्रश्न उठाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय २३ जिल्लामा खाद्यान्न ढुवानी अनुदान प्रदान गर्दै आएकोमा सडक सञ्जालसँग जोडिएका जिल्लामा निजी क्षेत्रले समेत खाद्यान्न ढुवानी गर्दै आइरहेका छन् । तर, यी जिल्लामा पनि सरकारले अनुदान ढुवानी दिइरहेको महालेखाले आफ्नो ६१औँ वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ । बजेट वक्तव्यका क्रममा कर्णाली लगायतका दुर्गम क्षेत्रमा खाद्यान्न र नुन ढुवानीका लागि प्रदान गरिने अनुदान निरन्तरता दिने घोषणा भएको थियो । सोहीअनुसार २३ जिल्लामा खाद्यान्न ढुवानी लगायतका ६ कार्यक्रमका लागि खाद्य तथा व्यापार कम्पनीलाई ५८ करोड ६१ लाख…

टेलिकमले ल्यायाे ‘रिपब्लिक डे अफर’

टेलिकमले ल्यायाे 'रिपब्लिक डे अफर' गणतन्त्र दिवस (जेठ १५) को अवसरमा नेपाल टेलिकमले ‘रिपब्लीक डे अफर’ उपलब्ध गराउने भएको छ । सो अफर जेठ १४ देखि प्रारम्भ भई जेठ १६ सम्म लागू हुनेछ । यस अन्तर्गत रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ । यसैगरी डाटा प्याकेज अन्तर्गत रु. १११ मा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा, रु. १९९ मा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा, रु. २९९ मा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र रु.…

टिभिएस मोटरसाइकलमा ‘च्याम्पियन्स एक्सचेन्ज’ अफर

टिभिएस मोटरसाइकलमा ‘च्याम्पियन्स एक्सचेन्ज’ अफर नेपालको लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ‘च्याम्पियन्स एक्सचेन्ज’ अभियान सार्वजनिक गरेको छ । ग्राहकलाई असाधारण डिल र सवारी अपग्रेड गर्ने मौका प्रदान गर्दै यो अभियान जेठ १४ देखि जेठ १९ गते सम्म चल्नेछ । 'च्याम्पियन्स एक्सचेन्ज’ अभियानले स्मार्ट कनेक्ट, RT-Fi, BS-VI, राइड मोडहरू, GTT (ग्लाइड थ्रु ट्राफिक) जस्ता नवीनतम प्रविधिहरूले सुसज्जित टिभिएस मोटरसाइकल मोडलहरूमा रोमाञ्चक लाभहरू प्रदान गर्ने कम्पनीले जनाएकाे छ । यी सुविधाले सवारी चलाउने अनुभव, सुधारिएको प्रदर्शन र उच्च इन्धन दक्षता सुनिश्चित गर्दछ । यस सीमित अवधिको अभियानमा ग्राहकहरूले टिभिएसका बाईक तथा स्कुटरको खरिदमा रु. ६,००० सम्मको क्यास डिस्काउन्टका साथै, पुरानो…

विराटनगरमा लक्ष्मी सनराइज बैंककाे शाखा स्थानान्तरण

विराटनगरमा लक्ष्मी सनराइज बैंककाे शाखा स्थानान्तरण लक्ष्मी सनराइज बैंकले विराटनगरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । विराटनगर महानगरपालिका वडा न.७ स्थित हनुमान दास रोडमा रहेका २ शाखा मध्ये एउटा शाखा ५ कि.मि. उत्तरतर्फ सोही महानगरपालिकाको वडा न. ३ स्थित पुष्पलाल चोकमा स्थानतरण गरिएको छ । स्थानतरण गरिएको साविकको हनुमान दास रोडको शाखाका ग्राहकहरुले सोही ठाउँमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्नेछन् । स्थानान्तरण भए सँगै लक्ष्मी सन्राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । साथै, आफ्ना ग्राहकहरूलाई थप व्यवस्थित र समुचित सेवा प्रदान गर्न बैंकले बिर्तामोडमा रहेका आफ्ना…

दस महिनामा १३ खर्बको आयात, १ खर्ब २६ अर्बको निर्यात

दस महिनामा १३ खर्बको आयात, १ खर्ब २६ अर्बको निर्यात चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख बराबर व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाख मसान्तसम्ममा १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख बराबरको वस्तु आयात भएको थियो भने निर्यात १ खर्ब २६ अर्ब १७ करोड ३५ लाख बराबरको मात्र भयो । विभागका अनुसार चालू आवको १० महिनामा १४ खर्ब २९ अर्ब ५३ करोड पाँच लाख बराबरको वैदेशिक व्यापार भएको छ । यो अवधिको कुल वैदेशिक व्यापार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २‍.५० प्रतिशतले घटेको हो ।…

नेशनल लाइफद्वारा ८० जना अभिकर्ता सम्मानित

नेशनल लाइफद्वारा ८० जना अभिकर्ता सम्मानित नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल कोशी र मधेस प्रदेशका करिब ८० जना अभिकर्ताहरूलाई सम्मानित गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा इटहरीमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मानित गरिएको हो । समारोहमा नेशनल अवार्ड विजेता अभिकर्ताहरूलाई नेशनल लाइफ लोगो अङ्कित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरिएको थियो । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत खत्रीले अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री र व्यावसायिक बनाउन थप लगानी गरिएको र कम्पनीको व्यवसाय वृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई प्राथमिकतामा राखी समय सापेक्ष प्रोत्साहन योजना ल्याइएको कारण नै नेपालभर…