टिभिएस मोटरसाइकलमा ‘च्याम्पियन्स एक्सचेन्ज’ अफर

नेपालको लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ‘च्याम्पियन्स एक्सचेन्ज’ अभियान सार्वजनिक गरेको छ । ग्राहकलाई असाधारण डिल र सवारी अपग्रेड गर्ने मौका प्रदान गर्दै यो अभियान जेठ १४ देखि जेठ १९ गते सम्म चल्नेछ ।

‘च्याम्पियन्स एक्सचेन्ज’ अभियानले स्मार्ट कनेक्ट, RT-Fi, BS-VI, राइड मोडहरू, GTT (ग्लाइड थ्रु ट्राफिक) जस्ता नवीनतम प्रविधिहरूले सुसज्जित टिभिएस मोटरसाइकल मोडलहरूमा रोमाञ्चक लाभहरू प्रदान गर्ने कम्पनीले जनाएकाे छ । यी सुविधाले सवारी चलाउने अनुभव, सुधारिएको प्रदर्शन र उच्च इन्धन दक्षता सुनिश्चित गर्दछ ।

यस सीमित अवधिको अभियानमा ग्राहकहरूले टिभिएसका बाईक तथा स्कुटरको खरिदमा रु. ६,००० सम्मको क्यास डिस्काउन्टका साथै, पुरानो मोटरसाइकलमा रु. ६,००० सम्मको थप मूल्याङ्कन र यी प्रस्तावहरूलाई अझ पहुँचयोग्य बनाउन जगदम्बा मोटर्सले बजारकै सबैभन्दा कम रु. ३,९९९ प्रति महिनाको EMI पनि उपलब्ध गराएको छ। साथै, ग्राहकहरूले हेल्मेट, बाइक कभर र ब्याग लगायत निःशुल्क सामग्री पनि प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

टिभिएस मोटरसाइकलमा ‘च्याम्पियन्स एक्सचेन्ज’ अफर