दस महिनामा १३ खर्बको आयात, १ खर्ब २६ अर्बको निर्यात

चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख बराबर व्यापार घाटा व्यहोरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाख मसान्तसम्ममा १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख बराबरको वस्तु आयात भएको थियो भने निर्यात १ खर्ब २६ अर्ब १७ करोड ३५ लाख बराबरको मात्र भयो ।

विभागका अनुसार चालू आवको १० महिनामा १४ खर्ब २९ अर्ब ५३ करोड पाँच लाख बराबरको वैदेशिक व्यापार भएको छ । यो अवधिको कुल वैदेशिक व्यापार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २‍.५० प्रतिशतले घटेको हो ।

गत आर्थिक वर्षको दश महिनाको तुलनामा आयात २.३९ र निर्यात ३.६१ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा भारतसँग नेपालले ७ खर्ब २९ अर्ब ७० करोड बराबरको व्यापार घाटा व्यहोरेको छ । भारतबाट ८ खर्ब १५ अर्ब ७२ करोडको आयात र ८६ अर्बको निर्यात भएको छ ।

नेपालसँग दोस्रो ठूलो वैदेशिक व्यापार छिमेकी मुलुक चीनसँगको व्यापार घाटा २ खर्ब ३८ अर्ब ५५ करोड बराबर रहेको छ । १० महिनामा चीनसँग २ खर्ब ४० अर्ब ८३ करोड बराबरको आयात हुँदा २२ अर्ब ७४ करोड बराबरको निर्यात भएको छ ।

वैशाख मसान्तसम्मको वैदेशिक व्यापारमा सबैभन्दा धेरै आयात पेट्रोलियम पदार्थको भएको छ । यो अवधिमा १ खर्ब १५ अर्ब ६७ करोड बराबरको डिजेल ५६ अर्ब ८० करोड बराबरको डिजेल र ४६ अर्ब बराबरको खाना पकाउने ग्यास आयात भएको छ ।

२४ अर्ब एक करोड बराबरको मोबाइल फोन आयात भएको छ ।

नेपालले बढी निर्यात गरेका वस्तुमा कार्पेट ८ अर्ब ७९ करोड, अलैंची ६ अर्ब ९१ करोड, फलामजन्य वस्तु ५ अर्ब ५२ करोड र पाम आयल ५ अर्ब ६० करोड बराबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

दस महिनामा १३ खर्बको आयात, १ खर्ब २६ अर्बको निर्यात