सहकारी ठगीमा रवि लामिछाने पक्राउ

सहकारी ठगीमा रवि लामिछाने पक्राउ सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । जिल्ला अदालत कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट लामिछानेलाई पक्राउ गरेको हो । पक्राउ पर्नुअघि उनले कार्यकर्तालाई संक्षिप्त सम्बोधन गरेका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई पक्राउ गरेर पठाइदिन भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुरोध गरेको थियो । त्यसअनुसार ब्यूरोबाट खटिएका प्रहरी उपरीक्षक होविन्द्र बोगटी नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो । लामिछानेलाई शुक्रबारै स्थलमार्गबाट जिल्ला प्रहरी कार्यालय कास्की लैजाने तयारी छ । सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको…

सेवा रेमिटको अनुमतिपत्र खारेज

सेवा रेमिटको अनुमतिपत्र खारेज नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज गरेको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत विप्रेषण कारोबार गर्न अनुमति प्राप्त गरेको सो कम्पनीको इजाजतपत्र खारेज गरिएको जानकारी दिएको हो । नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०७९ बमोजिम खारेज हुने देखिएकाले विप्रेषण कारोबारको सिलसिलामा सो कम्पनीसँग कुनै पनि व्यक्ति वा संस्थाले लिन बाँकी रहेको भए जानकारी दिन केन्द्रीय बैंकले जनाएको छ । बैंकले कुनै लेनदेन बाँकी रहेको भए सूचना प्रकाशित भएकाले ३५ दिनभित्र जानकारी गराउन आग्रह गरिएको छ । सो म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा सेवा रेमिट प्रालिको बैंक जमानत फुकुवा हुने व्योहोरा सूचनामा उल्लेख छ…

यस्ताे छ अर्थ मन्त्रालयकाे तीन महिने उपलब्धि

यस्ताे छ अर्थ मन्त्रालयकाे तीन महिने उपलब्धि अर्थ मन्त्रालयले नयाँ सरकार गठन भएको तीन महिनामा भएका महत्वपूर्ण कार्यहरू सार्वजनिक गरेको छ। मन्त्रालयले सार्वजनिक गरेका कार्यहरूमा मुलुकको अर्थतन्त्र सुधारका लागि सुझाव दिन उच्चस्तरीय आर्थिक सुधार आयोग गठन, आन्तरिक राजस्व परिचालन रणनीतिको कार्यान्वयन, कन्ट्री क्रेडिट रेटिङको तयारी पूरादेखि सङ्‍घीय संसदमा विधेयक पेसलगायत छन्। मन्त्रालका प्रवक्ता महेश भट्टराईले अर्थतन्त्रमा चुनौतीहरू रहे पनि पहिलेको तुलनामा सुधार आइरहेको दाबी गरे । उनले तीन महिनामा निजी क्षेत्रको आत्मविश्वास बढेको, गत वर्षको यसै अवधिको तुलनामा पूँजीगत खर्च र राजस्व सङ्कलन बढेको, व्याजदर कम भएको, निजी क्षेत्रतर्फ प्रवाहित कर्जा वृद्धि भएको, पूँजी बजार चलायमान भएको, विदेशी मुद्रा सञ्चिति…

दुई महिनामा साढे २ खर्ब घरजग्गा कर्जा प्रवाह

दुई महिनामा साढे २ खर्ब घरजग्गा कर्जा प्रवाह चालु आर्थिक वर्षको दुई महिनामा बैंक तथा वित्तीय संस्थाबाट २ खर्ब ६२ अर्ब ९५ करोड ७० लाख रुपैयाँ घरजग्गा कर्जा प्रवाह भएको छ । साउनको तुलनामा भदौमा यस्तो कर्जा ८ अर्ब ३८ करोड ५० लाख रुपैयाँले घटेको छ । साउनसम्ममा २ खर्ब ६८ अर्ब १२ करोड ८० लाख रुपैयाँ घरजग्गा कर्जा प्रवाह भएको देखिन्छ । आवासीय घर कर्जा, व्यावसायिक भवन, जग्गा प्लटिङ जस्ता क्षेत्रबाट ऋणको माग घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आवासीय घर कर्जा ४ अर्ब ५५ करोड ३० लाख रुपैयाँले घटेको छ । तर २ करोड भन्दा माथिको व्यक्तिगत…

अकाशियाे फलफूलकाे मूल्य

अकाशियाे फलफूलकाे मूल्य काठमाडौंमा फलफूलको भाउ अकाशिएको छ । दशैंका बेला धेरै फलफूल पसल बन्द भएकाले खुलेका पसलहरूमा केरा, स्याउ, सुन्तलालगायत फलफूलको मूल्य अचाक्ली बढेकाे छ । दशैँभन्दा अघिको तुलनामा फलफूलमा सय प्रतिशतभन्दा बढी मूल्यवृद्धि भएको उपभोक्ताको गुनासो छ । व्यापारी पनि आफूले महङ्गो दाममा खरिद गरेर ल्याएकाले महङ्गैमा बेच्नुपरेकाे बताउँछन् ।

डिजिटल वालेटमा दैनिक ३० पटकसम्म पैसा जम्मा गर्न पाइने

डिजिटल वालेटमा दैनिक ३० पटकसम्म पैसा जम्मा गर्न पाइने नेपाल राष्ट्र बैंकले दशैं–तिहारका लागि लक्षित गर्दै डिजिटल वालेटमा रकम जम्मा गर्न सक्ने संख्या दैनिक ३० पटक बनाएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न डिजिटल वालेटमा रकम जम्मा गर्ने संख्या बढाएको हो । दशैं तिहारमा धेरै पैसाको चलन बढ्ने भएकाले संख्या पनि बढाइएको छ । अब प्राकृतिक व्यक्तिले दैनिक ३० पटक सम्म डिजिटल वालेटमा रकम जम्मा गर्न सक्नेछन् । राष्ट्र बैंकले सर्कुलर जारी गर्दै असोज २१ गतेदेखि कात्तिक १ गतेसम्म र तिहारका लागि कात्तिक १५ गतेदेखि २२ गतेसम्म प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा ३० पटकसम्म रकम जम्मा गर्न पाइने व्यवस्था गरेको…

गभर्नर अधिकारीमाथि छानबिन गर्न गठित समिति साढे २ वर्षपछि रद्द

गभर्नर अधिकारीमाथि छानबिन गर्न गठित समिति साढे २ वर्षपछि रद्द नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न गठन गरेको समिति साढे २ वर्षपछि रद्द गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको यसअघिको सरकारले नियुक्त गरेका अधिकारीलाई देउवा नेतृत्वको सरकारले गभर्नर पदबाट हटाउन छानबिन समिति गठन गरेको थियो । समिति गठन भएसँगै निलम्बनमा परेपछि अधिकारीले सर्वोच्च अदालत गुहारेका थिए । सर्वोच्चले उनीमाथिको छानबिन प्रक्रिया रोक्न आदेश दिएपछि अधिकारीले निरन्तरता पाएका थिए । अधिकारीले निरन्तरता पाए पनि मन्त्रिपरिषद्को निर्णय भने हेरफेर नभएको अवस्थामा अहिले प्रधामन्त्री ओली नेतृत्वको मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले उक्त…

बैंक तथा वित्तीय संस्थाप्रति कठोर बन्दै राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाप्रति कठोर बन्दै राष्ट्र बैंक बैंक तथा वित्तीय संस्थाको कर्मचारीप्रति नेपाल राष्ट्र बैंक कडा रुपमा प्रस्तुत हुने भएको छ । राष्ट्र बैंकले निर्देशन जारी गर्दै बैंकका कुनै पदाधिकारी, कर्मचारीको लापरबाहिको कारणले क्षति भएको देखिएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले संस्थाको विनियमावली बमोजिम कारबाही गर्नु पर्ने व्यवस्था गरेको छ । संस्थाले कारबाही नगरेको खण्डमा नेपाल राष्ट्र बैंकले त्यस्तो पदाधिकारी वा कर्मचारीलाई कारबाही गरी त्यसरी कारबाही नगर्ने संस्थाको सञ्चालक वा सम्बन्धित पदाधिकारीलाई परिपालनको अवस्था, विषयको गाम्भीर्यता र सूचक संस्थाको प्रकृतिअनुसार १० लाखदेखि ५ करोड रुपैयाँसम्मको जरिवाना वा पदबाट हटाउने वा दुवै कारबाही गर्न सक्ने व्यवस्था गरेको छ ।

आईएमइ र कमर्स प्लेक्सबीच रेमिटान्स सम्झौता

आईएमइ र कमर्स प्लेक्सबीच रेमिटान्स सम्झौता आईएमइ लिमिटेड तथा कमर्स प्लेक्स लिमिटेड रेमिटान्स सम्बन्धि रणनीतिक साझेदारीका लागि हस्ताक्षर भएको छ । आइएमईको काठमाडौंस्थित कर्पोरेट कार्यालयमा भएको उक्त हस्ताक्षर समारोहमा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेल र आईएमई लिमिटेडका महाप्रबन्धक बद्री कटुवाल तथा कमर्स प्लेक्स लिमिटेडका तर्फबाट व्यवसाय प्रमुख शाहरोज ए खान लगायत नेपाल र बंगलादेशका कन्ट्री म्यानेजर सञ्जना फरीद साथै नेपालका डेपुटी कन्ट्री म्यानेजर शैलेन्द्र जोशी पनि उक्त समारोहमा उपस्थित थिए । आईएमइ लिमिटेड तथा कमर्स प्लेक्स लिमिटेडबीच यो साझेदारीले दुवै पक्षलाई अतुलनीय फाइदा पुग्ने बिश्वास ब्यक्त गरिएको छ भने आप्रवासी नेपालीहरुलाई थप सहज हुने अपेक्षा गरिएको छ ।…

फेरि सुस्तायाे सेयर बजार

फेरि सुस्तायाे सेयर बजार सेयर बजारमा मंगलबार देखिएको उत्साह एक दिन पनि टिकेन । बुधबार बजार २६.०७ अंकले घटेर २५९७.४९ विन्दुमा अडिएको छ । अघिल्लो दिनको तुलनामा कारोबार पनि घटेको छ । बुधबार ६ अर्ब ७७ करोड बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिन साढे ७ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । घटेको बजारमा थ्रि स्टार हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ३१० कम्पनी सामेल भएको आजको कारोबारमा फाइनान्सबाहेक सबै समूह ओरालो लागेको छ । आज नेपाल फाइनान्सको मात्र २० करोड ७१ लाख ५५ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ । दोस्रो बढी कारोबार हुनेमा…