बैंक तथा वित्तीय संस्थाप्रति कठोर बन्दै राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाको कर्मचारीप्रति नेपाल राष्ट्र बैंक कडा रुपमा प्रस्तुत हुने भएको छ ।

राष्ट्र बैंकले निर्देशन जारी गर्दै बैंकका कुनै पदाधिकारी, कर्मचारीको लापरबाहिको कारणले क्षति भएको देखिएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले संस्थाको विनियमावली बमोजिम कारबाही गर्नु पर्ने व्यवस्था गरेको छ ।

संस्थाले कारबाही नगरेको खण्डमा नेपाल राष्ट्र बैंकले त्यस्तो पदाधिकारी वा कर्मचारीलाई कारबाही गरी त्यसरी कारबाही नगर्ने संस्थाको सञ्चालक वा सम्बन्धित पदाधिकारीलाई परिपालनको अवस्था, विषयको गाम्भीर्यता र सूचक संस्थाको प्रकृतिअनुसार १० लाखदेखि ५ करोड रुपैयाँसम्मको जरिवाना वा पदबाट हटाउने वा दुवै कारबाही गर्न सक्ने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

बैंक तथा वित्तीय संस्थाप्रति कठोर बन्दै राष्ट्र बैंक