गभर्नर अधिकारीमाथि छानबिन गर्न गठित समिति साढे २ वर्षपछि रद्द

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न गठन गरेको समिति साढे २ वर्षपछि रद्द गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको यसअघिको सरकारले नियुक्त गरेका अधिकारीलाई देउवा नेतृत्वको सरकारले गभर्नर पदबाट हटाउन छानबिन समिति गठन गरेको थियो । समिति गठन भएसँगै निलम्बनमा परेपछि अधिकारीले सर्वोच्च अदालत गुहारेका थिए ।

सर्वोच्चले उनीमाथिको छानबिन प्रक्रिया रोक्न आदेश दिएपछि अधिकारीले निरन्तरता पाएका थिए । अधिकारीले निरन्तरता पाए पनि मन्त्रिपरिषद्को निर्णय भने हेरफेर नभएको अवस्थामा अहिले प्रधामन्त्री ओली नेतृत्वको मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले उक्त जाँचबुझ समिति रद्द गरेको हो ।

गभर्नर अधिकारीमाथि जाँचबुझ गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा तीन सदस्य समिति गठन भएको थियो । समिति सदस्यमा डा. सूर्य थापा र चन्द्रकान्त पौडेल रहेका थिए । समितिलाई एक महिनाभित्र छानबिन प्रतिवेदन बुझाउन भनिएको थियो ।

देउवा नेतृत्वको मन्त्रिपरिषद् बैठकले २०७८ चैत १४ गते जाँचबुझ समिति गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

गभर्नर अधिकारीमाथि छानबिन गर्न गठित समिति साढे २ वर्षपछि रद्द