सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीलाई निर्देशन
सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीलाई निर्देशन गृहमन्त्री रमेश लेखकले सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठित संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका छन् । मन्त्री लेखकले आइतबार प्रहरी प्रमुख वसन्तबहादुर कुँवरलाई प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाएको थियो । गृह मन्त्रालयमा कार्यान्वयनका लागि आएको निर्देशनअनुरुप गृहमन्त्रीले निर्देशन दिएका हुन् ।