फोनपेकाे ‘सुपर यात्रा’ अभियान

फोनपेले २ अशोज २०८१ देखि ‘सुपर यात्रा’ अभियान घोषणा गरेकाे छ ।

दशैं र तिहार चाँडै नजिकिँदै गर्दा, यो अभियानले हवाई टिकटको खरिदमा आकर्षक क्यासब्याक पुरस्कार प्रदान गरेर यात्रा अझ सस्तो र सुविधाजनक बनाउन लक्षित गरेको छ।

अभियानमा नयाँ प्रयोगकर्ताले पहिलो हवाई टिकट बुकिङमा रु. ३०० क्यासब्याक प्राप्त गर्नेछन्, जबकि विद्यमान प्रयोगकर्ताहरूले टिकट खरिदमा रु. २०० क्यासब्याकको लाभ लिन सक्नेछन् ।

यी क्यासब्याक प्रस्तावहरूको अतिरिक्त, फोनपेले रोचक गिफ्टहरूको पनि घोषणा गरेको छ। एक भाग्यमानी विजेताले एक वर्षका लागि निःशुल्क हवाई टिकट प्राप्त गर्नेछन् र हरेक हप्ता, पाँच भाग्यमानी सहभागीहरूले स्मार्टवाच जित्ने अवसर पाउनेछन्, जसले अभियानलाई अझ रोमाञ्चक बनाउँछ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

फोनपेकाे ‘सुपर यात्रा’ अभियान