सहकारी अपचलन प्रकरणमा पूर्वडीआइजी छबिलाल जोशी पक्राउ

सहकारी संस्थाको वचत अपचलन सम्बन्धी मुद्दामा नेपाल प्रहरीका पूर्वडीआइजी छबिलाल जोशी पक्राउ परेका छन् ।

सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले गरेको सिफारिसका आधारमा सरकारको निर्देशनपछि जोशीलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

जोशीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले कास्की जिल्ला प्रहरीको पत्रका आधारमा पक्राउ गरेको स्रोतले जनाएको छ ।

उनलाई अनुसन्धानका लागि पोखरा पठाइनेछ । सूर्यदर्शनलगायत सहकारीको बचत रकम अपचलनका सन्दर्भमा परेका जाहेरीमा पुरक अनुसन्धान गर्न संसदीय छानविन विशेष समितिको सिफारिसका आधारमा गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

सहकारी अपचलन प्रकरणमा पूर्वडीआइजी छबिलाल जोशी पक्राउ