एलजीले ल्यायाे हात खाली नजाने याेजना

चौधरी ग्रुप अन्तर्गतको एलजीको सामान खरिद गर्दा चाडपर्वको बेला ४० प्रतिशतसम्म क्यास ब्याक र हात खाली नजाने स्किम ल्याएको छ । ‘एलजीसँग खुसीको पल’ भन्ने स्किम ल्याएको छ ।

सीजी इलोक्ट्रोनिक अन्तगतको एलजी ब्रान्डको सेल्स हेड पुरुषोत्तम भण्डारी एलजी ब्रान्ड नेपालमा करिब ३८ वर्षदेखि कस्टमरको माझमा रहेको बताए ।

उनले भने, ‘एलजी ब्रान्ड ग्राहकले रुचाएको ब्रान्ड हो । ग्राहकको माग अनुसार एलजीको सामाग्रीहरु कोरियाबाट नेपालमा ल्याउने गरेका छौँ । हाम्रो मुख्य प्रोडक्ट भनेको वासेनमिसिन, रेफ्रिजेनेटर, टीभी र एसी हो । एलजीको सामाग्रीले ग्राहकको लाइफ स्टाइल कसरी बेटर गर्ने भन्ने हो । एलजीसँग खुसीको पल भन्ने स्किम ल्याएका छौँ । दसैँ भनेको नै खुसी ल्याउने पर्व हो । त्यसैले खुसीको पहर भन्ने स्किम ल्याएको हौं ।’

एलजीको टीभी खरिद गर्दा ४० प्रतिशतसम्म क्यास ब्याक अफर कम्पनीले दिएको छ । रेफ्रिजेनेरेटरमाको साइज अनुसार छुट दिएको छ । सिंगल डोरमा विशेष छुट र क्यास व्याकको अफर रहेको छ । भने, डबल डोरको ३१२ लिटरसम्मको रेफ्रिजेनेरेटरमा भ्याकुम फ्ल्यास वा प्रेसरकुकर दिएको छ । ३१२ लिटरभन्दा माथिको रेफ्रिजेनेरेटरमा मिक्स्चर वा हिटर स्किममा दिएको छ ।

वासेनमेसिनमा पनि विशेष छुट रहेको छ । ग्राहकले वासेनमेसिन घरमा लानसाथ प्रयोग गर्न सकुन भनेर ६ केजी र ४ केजी एरियल सर्फ फ्रिमा पाउने छन् । माइक्रो वन किन्दा कुकिङ किट फ्रिमा पाउने छन् । भने, एसी किन्दा निःशुल्क इन्सुलेसन ग्राहकले पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

एलजीले ल्यायाे हात खाली नजाने याेजना