सहकारी ठगी छानबिन समिति : एक महिनाभित्र कार्यविधि बनाउने निर्णय
सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले औपचारिक रूपमा आफ्नो काम सुरू गरेको छ । संसद भवन नयाँ बानेश्वरमा बुधबार पहिलो बैठक बसेर समितिले काम थालेको हो । पहिलो बैठकले समितिको आन्तरिक कार्यविधिको मस्यौदा तयार गर्न सचिवालयलाई जिम्मा दिएको संयोजक सूर्य थापाले जानकारी दिए । थापाका अनुसार सभामुख देवराज घिमिरेको उपस्थितिमा बसेको बैठकमा समितिको कामलाई अघि बढाउने विषयमा छलफल भएको छ । तीन महिनाको अवधिभित्रै समितिले गर्नुपर्ने कामलाई व्यवस्थित गर्दै अघि बढ्ने उनले बताए । थापाले दुई दिनभित्र कार्यविधि पारित गर्ने भन्दै समितिको कार्याविधि, कार्यक्षेत्र लगायतका विषयमा कुनै विवाद नरहेको जिकिर गरे । गत जेठ १५ गते सहकारीको बचत…