‘आर्थिक सुधारका लागि विकास साझेदारहरुसँगको सहकार्य आवश्यक’

'आर्थिक सुधारका लागि विकास साझेदारहरुसँगको सहकार्य आवश्यक' नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक सुधारका लागि सरकारको नेतृत्व र विकास साझेदारहरुसंगको सहकार्य आवश्यक रहेको बताएका छन् । नेपालको औपचारिक भ्रमणमा रहेका बंगलादेश, भुटान र नेपालका लागि अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का देशीय प्रबन्धक मार्टिन होल्टम्यानसँग भएको भेटमा ढकालले नयाँ चरणको आर्थिक सुधारका लागि महासंघले पहल गरिरहेको बताए । ढकालले नेपाल प्राकृतिक स्रोतसाधनमा धनी रहेको तथा युवा र गतिशील जनशक्तिले युक्त भएको बताए । यी फाइदाहरूलाई पूर्ण रूपमा सदुपयोग गर्न र आर्थिक वृद्धिलाई अगाडि बढाउन व्यापारिक वातावरणमा सुधार, लगानी आकर्षित गर्ने नीति उद्यमशीलता प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्ने उनेको भनाई छ…

सुनकोशी-मरिन डाइभर्सनको सुरूङ ‘ब्रेक–थ्रु’

सुनकोशी-मरिन डाइभर्सनको सुरूङ ‘ब्रेक–थ्रु’ आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्छ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताएका छन् । सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आयोजना सम्पन्न भएपछि सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन बृद्धि हुने विश्वास व्यक्त गरे । 'बागमती प्रदेशको सिन्धुली जिल्लास्थित यस आयोजनाले मधेस प्रदेशको ५ जिल्लाका उर्वरभूमिमा वर्षैभरि सिँचाइ सुविधा पुग्नेछ, राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान एवं जलविद्युत् उत्पादन हुनेछ,' प्रधानमन्त्री प्रचण्डले भने, 'आज सुरूङको ‘ब्रेक–थ्रु’ भएको छ, यस आयोजनाको बाँकी कामसमेत निर्धारित समयमा नै सम्पन्न हुनेछ ।' सुनकोशी…

नबिल डिवेन्चर २०८९ निष्काशन गर्न नेपाल एसबीआई मर्चेण्ट बिक्री प्रबन्धक नियुक्त

नबिल डिवेन्चर २०८९ निष्काशन गर्न नेपाल एसबीआई मर्चेण्ट बिक्री प्रबन्धक नियुक्त नबिल बैंक लिमिटेडले ‘८% नबिल डिवेन्चर २०८९’ नामक ऋणपत्र निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नियुक्त गरेको छ । यस सम्बन्धमा दुई कम्पनी बिच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । नबिल बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गाना र नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका बैंकले जनाएकाे छ । बैंकले प्रति ऋणपत्र १,००० रूपैयाँ अंकित मूल्यका ऋणपत्र निष्कासन गर्न थालेको हो । वार्षिक ८ प्रतिशत ब्याजदर रहेको यो ऋणपत्रको अवधि…

सहकारीले बैंकभन्दा ठूलाे काराेबार गर्दा समस्या भयाे : मन्त्री

सहकारीले बैंकभन्दा ठूलाे काराेबार गर्दा समस्या भयाे : मन्त्री भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी संस्थाहरूले बैंकभन्दा ठूलो वित्तीय कारोबार गर्दा समस्या भएको बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले आयोजना गरेको दोस्रो लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा मन्त्री अधिकारीले सहकारीहरू आफ्नो मूल्य मान्यता र सिद्धान्त विपरीत अस्वस्थ प्रतिस्पर्धामा लागेकाे बताए । जुन उद्देश्यका साथ सहकारी स्थापना भएको थियो त्यसको खिलाफ गर्दै काम भइरहेको उनको धारणा छ । ‘सहकारीहरू बैंकभन्दा ठुलो कारोबार गर्ने अभ्यासमा लागे, सहकारीको मूल्य मान्यता विपरीत काम गर्न थाले, बचतकर्ताको बचतलाई दुरुपयोग गर्ने अधिकार कसैलाई पनि हुँदैन’, उनले…

एनआईसी एसियाकाे छुट योजना सार्वजनिक

एनआईसी एसियाकाे छुट योजना सार्वजनिक एनआईसी एसिया बैंकले कर्जा ग्राहकहरुले पाउने सुविधा सार्वजनिक गरेको छ । २०८० चैत मसान्तसम्ममा भाखा नाघेका कर्जाहरुको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ जेठभित्र चुक्ता गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट प्रदान गरिने बैंकले जनाएके छ । त्यस्तै साधारण वक्यौता ब्याज रकममा समेत छुट प्रदान गर्ने योजना बैंकले ल्याएको छ । मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालू पूँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरूलगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकहरूले यस योजनामा सहभागी भई लाभ लिन सकिने बैंकले जनाएको छ । बैंकले यस…

नेपालमा इन्ड्राइभकाे औपचारिक सेवा शुरु : राइडरसँग १० प्रतिशत कमिसन लिने

नेपालमा इन्ड्राइभकाे औपचारिक सेवा शुरु : राइडरसँग १० प्रतिशत कमिसन लिने दुई वर्ष टेस्ट ड्राइभ गरेपछि नेपालमा औपचारिक रुपमा इन्ड्राइभले सेवा शुरु गरेको छ । कम्पनीले सोमबार काठमाडौंमा कार्यक्रम गर्दै नेपालमा दर्ता गराएर औपचारिक रुपमा सेवा सुरु गरेको घोषणा गरेको हो । कम्पनीले हरेक राइडमा १० प्रतिशत कमिसन लिने बताएको छ । इन्ड्राइभको रहेक राइडमा साेमबारबाटै १० प्रतिशत कमिसन लिइने नेपालका लागि कम्पनीकी निर्देशक रीता पोखरेलले बताइन् । इन्ड्राइभले काठमाडौंको हात्तीसारमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएको उनले जानकारी दिइन् ।

भव्य अफरसहित यामाहाकाे महाएक्सचेन्ज मेला सुरु

भव्य अफरसहित यामाहाकाे महाएक्सचेन्ज मेला सुरु नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले आफ्नो यस वर्षको सबैभन्दा ठूलो एक्सचेन्ज इभेन्ट - यामाहा महाएक्सचेन्ज मेला २०८१ घोषणा गरेको छ। कार्यक्रमको औपचारिक शुभारम्भ साेमबार काठमाडौंको भृकुटीमण्डपमा गरिएको छ। एक हप्तासम्म जारी रहने मेलाले मोटरसाइकल उत्साहीहरूका लागि मोटरसाइकल एक्सचेन्जको अनुपम अनुभव प्रदान गर्नेछ। एमएडब्लू इन्टरप्राइजेज प्रालिका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले मेलाले मोटरसाइकल उत्साहीहरूलाई आश्चर्यजनक मूल्यमा सवारी अपग्रेड गर्ने अविश्वसनीय अवसर प्रदान गर्ने बताए । मेलाको विषयमा थप स्पष्ट पार्दै अग्रवालले भने, 'हामीलाई विश्वास छ यो कार्यक्रम मोटरसाइकल प्रेमीहरूका लागिआफ्नो सवारीलाई अपग्रेड गर्ने अवसर मात्र नभई जीवन्त र रोमाञ्चक वातावरणमा…

९ महिनामा ११ वाणिज्य बैंकमाथि राष्ट्र बैंककाे कारवाही

९ महिनामा ११ वाणिज्य बैंकमाथि राष्ट्र बैंककाे कारवाही नेपाल राष्ट्र बैंकले साउनदेखि चैतसम्म ९ महिनामा आफ्नो नीति निर्देशन नमान्ने १६ वटा बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेकाे छ । कारबाहीमा पर्नेमा ११ वटा वाणिज्य बैंक, ४ वटा विकास बैंक र एउटा फाइनान्स छन् । राष्ट्र बैंकको निर्देशन पटकपटक उल्लंघन गरेको हिमालयन बैंक पहिलो त्रैमासमै कारबाहीमा परेको हाे । कर्जा निक्षेप अनुपात कम नगरेपछि हिमालयनले राष्ट्र बैंकलाई १ करोड ६७ लाख ७१ हजार रुपैयाँ जरिवाना तिर्नुपरेको थियो । राष्ट्र बैंकले जारी गरेको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले सीडी रेसियो ९० प्रतिशत कायम गर्नुपर्ने हुन्छ । योभन्दा माथि गएर ऋण प्रवाह गर्ने…

दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औं शाखा

दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औं शाखा नबिल बैंक लिमिटेडले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नबिल बैंकले आफ्नो २६८ औँ शाखाको रूपमा दैलेख जिल्लाको दुल्लू नगरपालिकामा शाखा विस्तार गरेको हो । यस विस्तारसँगै नबिल बैंक दुल्लू नगरपालिकाको पहिलो निजी क्षेत्रको बैंकका रुपमा सेवा दिन सफल भएको हो । दुल्लू नगरपालिका प्रमुख भरतप्रसाद रिजाल, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिईओ) मनोज ज्ञवाली, स्थानीय जनप्रतिनिधिहरु, स्थानीय उद्यमी व्यवसायी तथा सरोकारवालाहरूको उपस्थितिमा गत शुक्रबार दुल्लू शाखाको उद्घाटन गरिएको नबिल बैंकले जनाएको छ । देशको अग्रणी वाणिज्य बैंक नबिलले जनतामा वित्तीय पहुँच बढाउन विभिन्न ठाउँमा सेवा विस्तार…

सरकारी निकायसँग भाइबरकाे साझेदारी

सरकारी निकायसँग भाइबरकाे साझेदारी राकुटेन भाइबरले सार्वजनिक सञ्चार च्यानलहरू विस्तार गर्न नेपाल सरकारका विभिन्न निकायसँग साझेदारी गर्ने भएको छ। यस सहकार्यको उद्देश्य महत्त्वपूर्ण जानकारी तथा आधिकारिक सूचना प्रदान गर्ने र समुदायको सहभागिता बढाउन नागरिकलाई अन्तर्क्रियात्मक अभियानहरूमा संलग्न गराउनु रहेको रहेको भाइबरले जनाएको छ। यस पहलको एक अङ्गको रूपमा राकुटेन भाइबरले प्रयोगकर्ताहरूलाई महत्त्वपूर्ण सार्वजनिक सूचनाहरुमा प्रत्यक्ष पहुँच प्रदान गर्ने समर्पित च्यानलहरूको ठूलो सङ्ख्या प्रस्तुत गर्नेछ। यी च्यानलहरूले नागरिकहरूलाई सरकारका पहल, नीति र सार्वजनिक कार्यक्रमहरूका बारेमा जानकारी गराउनका लागि केन्द्रीकृत हबको रूपमा काम गर्नेछन्। यसबाहेक भाइबरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग स्वास्थ्य सूचना अभियान सुरु गर्न बलियो साझेदारी स्थापना गरेको छ। स्वास्थ्य सूचना…