नेपालमा इन्ड्राइभकाे औपचारिक सेवा शुरु : राइडरसँग १० प्रतिशत कमिसन लिने

दुई वर्ष टेस्ट ड्राइभ गरेपछि नेपालमा औपचारिक रुपमा इन्ड्राइभले सेवा शुरु गरेको छ ।
कम्पनीले सोमबार काठमाडौंमा कार्यक्रम गर्दै नेपालमा दर्ता गराएर औपचारिक रुपमा सेवा सुरु गरेको घोषणा गरेको हो । कम्पनीले हरेक राइडमा १० प्रतिशत कमिसन लिने बताएको छ ।
इन्ड्राइभको रहेक राइडमा साेमबारबाटै १० प्रतिशत कमिसन लिइने नेपालका लागि कम्पनीकी निर्देशक रीता पोखरेलले बताइन् ।
इन्ड्राइभले काठमाडौंको हात्तीसारमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएको उनले जानकारी दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
+1
+1
+1
+1
+1
+1