फोनपेद्वारा नेपालमा यूपीआईमार्फत सञ्चालित सेवाहरूको प्रदर्शनी
फोनपेद्वारा नेपालमा यूपीआईमार्फत सञ्चालित सेवाहरूको प्रदर्शनी फोनपे भारतले काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा युनिफाइड पेमेन्ट इन्टरफेस प्लेटफर्मद्वारा सञ्चालित आफ्ना सेवाहरू प्रदर्शन गरेको छ। प्रदर्शनले बैंकिङ क्षेत्रका वरिष्ठ प्रतिनिधि, भुक्तानी प्रणालीका प्रदायकहरू, युपीआई भुक्तानी लिने व्यवसायी र व्यापार संघहरुका प्रतिनिधिलगायत नेपाली वित्तीय क्षेत्रका प्रमुख सरोकारवालाहरूलाई एकसाथ ल्याउन सफल भएको कम्पनीले जनाएको छ। उक्त कार्यक्रमलाई नेपालको सबैभन्दा ठूलो भुक्तानी प्रणाली संचालक फोनपेले समर्थन गरेको थियो । जुन नेपाल-भारत क्रस बोर्डर युपीआई अन्तरआबद्दताका लागि एनआईपीएलको काउन्टरपार्टी पनि हो। उक्त कार्यक्रममा फोनपे नेटवर्कका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले नेपालको डिजिटल अर्थतन्त्रको लागि युपीआई को सम्भावनाको बारेमा बिशेष सम्बोधन भएको थियो । यसको साथसाथै कार्यक्रममा,…