बैंकिङ प्रणालीबाट ७० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट ७० अर्ब खिच्दै राष्ट्र बैंक नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार ७० अर्ब रुपैयाँ खिच्ने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट उक्त रकम उठाउन लागेको हो । राष्ट्र बैंकले २१ दिनका लागि आइतबार दिउँसो २ बजे बोलकबोलको समय तोकेको छ । बोल गर्न सकिने रकम घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ । सावाँ तथा ब्याज भुक्तानी आगामी पुस १४ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ…

धेरै कर तिर्ने करदातालाई सम्मान

धेरै कर तिर्ने करदातालाई सम्मान नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०८१ मा नेपाल सरकारबाट सम्मानित उच्च करदातालाई सम्मान गरेको छ । सरकारले राष्ट्रिय कर दिवसमा कुल १६ (संस्था तथा व्यक्ति) लाई उच्च करदाताका रूपमा सम्मान गरेको थियो । सम्मानितमध्ये दुई सरकारी लगानीका कम्पनी र १४ निजी एवं सार्वजनिक क्षेत्रका छन् । परिसंघले निजी एवं सार्वजनिक क्षेत्रका १४ उच्च करदातालाई सम्मान गरेको हो । परिसंघ सचिवालयमा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष राजेशकुमार अग्रवालले उच्च करदातालाई सम्मान गरे । उनले उच्च करदाता हुनु व्यक्तिगत एवं संस्थागत उपलब्धि मात्रै नभई राज्यप्रतिको महत्त्वपूर्ण योगदान भएको बताए । योगदानको कदर गर्दै उत्पादनमूलक तथा सेवामूलक उद्योगको…

निर्माण याममै व्यवसायीले बढाए सिमेन्ट र रडकाे मूल्य

निर्माण याममै व्यवसायीले बढाए सिमेन्ट र रडकाे मूल्य हिउँद याम सरकारले पूँजीगत खर्च गर्ने र आम सर्वसाधारणले समेत आफ्नो निजी संरचना बनाउन थाल्ने समय हाे । निर्माणको यसै याममा निर्माण सामग्री उत्पादकले भने भाउ बढाएका छन् । नेपाल निर्माण सामग्री व्यापार संघका वरिष्ठ उपाध्यक्ष कृष्णराम न्यौपानेका अनुसार अहिले सिमेन्टमा औसत डेढ सय रुपैयाँ प्रतिबोरासम्म भाउ बढेको छ । रडमा प्रतिकिलो १५ रुपैयाँसम्म बढेको छ । ‘दुई साता अगाडि ९६/९७ रुपैयाँमा बिक्री भइरहेको रडको भाउ अहिले प्रतिकिलो ११० रुपैयाँ पुगिसकेको छ,’ उनले भने । इँटा र गिट्टी–बालुवामा भने मूल्य स्थिर रहेको उनले बताए । अहिले काठमाडौंमा ए ग्रेडको इँटा १६/१७ रुपैयाँ…

वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको ठहर, चार जना दाेषी

वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको ठहर, चार जना दाेषी विशेष अदालतले नेपाल वायुसेवा निगमका दुई वटा वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै चार नेपालीलाई दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहित सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले नेपाल वायु सेवा निगमका अध्यक्ष एवं पर्यटन सचिव शंकर अधिकारी, महाप्रबन्धक सुगतरत्न कंसाकार र सहसचिवहरू बुद्धिसागर लामिछाने र शिशिर ढुंगानालाई दोषी ठहर गरेको हो । विशेष अदालतले १ अर्ब ४७ करोड रुपैयाँ नै भ्रष्टाचार भएको ठहर गर्दै दामासाहीले बिगो असुल्नुपर्ने फैसला गरेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको भन्दै…

नेपालमा विदेशी लगानी आकर्षित गर्न अध्यक्ष ढकालको आग्रह

नेपालमा विदेशी लगानी आकर्षित गर्न अध्यक्ष ढकालको आग्रह नेपालमा चिनियालगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गरिने सरकार र निजी क्षेत्रले प्रतिबद्धता जनाएका छन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड (सिसिपिआइटी) र चीनस्थित नेपाली दुतावासले संयुक्त रूपमा आयोजना गरेको नेपाल चीन बिजनेस समिटमा नीतिगत र व्यवहारगत सुधार गर्ने प्रतिबद्धता जनाउँदै लगानी विस्तार र व्यापार सहजीकरणका लागि आग्रह गरिएको हो ।  प्रधानमन्त्री ओलीले कुनै पनि मुलुकको सरकार र निजी क्षेत्रको सहकार्यलाई प्राथमिकता दिइएको र सोही अनुसार व्यवसायिक वातावरण बनाउँदै लगिएको बताए । सिसिपिआइटीको मुख्यालय बेइजिङमा बुधबार आयोजित समिटलाइ…

नेपाल एसबीआई बैंककाे लाभांश घाेषणा

नेपाल एसबीआई बैंककाे लाभांश घाेषणा नेपाल एसबीआई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले बैंकले हाल कायम चुक्ता पुँजीको १०.६५ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमा ३.८० प्रतिशत बोनस शेयर र ६.८५ प्रतिशत कर प्रयोजनार्थ सहित नगद लाभांश रहेको छ। उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित भएपछि शेयरधनीले पाउनेछन् ।

माथिल्लो तामाकोशीबाट पुस १० गतेभित्र विद्युत् उत्पादन गरिने

माथिल्लो तामाकोशीबाट पुस १० गतेभित्र विद्युत् उत्पादन गरिने सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट आगामी पुस १० गतेभित्र विद्युत् उत्पादन गरिने भएकाे छ । गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको बाँध क्षेत्रका संरचना (हेडवक्स) मा ठूलो क्षति पुर्‍याएको थियो । बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन, बालुवा थिग्ग्रयाउने पोखरी र भूमिगत नहर (कल्भर्ट) मा ठूलो क्षति पुगेको थियो । दुईवटा डिस्याण्डरमध्ये बायाँतर्फको डिस्याण्डरको मर्मतसम्भार आगामी पुस १० गतेभित्र सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने तालिका तय गरिएको हो ।…

१९.९७ अंकले बढ्याे नेप्से

१९.९७ अंकले बढ्याे नेप्से सेयर बजारको परिसूचक नेप्से सोमबार १९.९७ अंक बढेको छ । वृद्धिसँगै नेप्से परिसूचक २७५८ मा कायम भएको छ । कारोबार रकमले साढे १० अर्ब नाघेको छ । अघिल्लो दिन ८ अर्ब ८३ करोडको कारोबार भएकोमा आज १० अर्ब ५४ करोडको भयो । १२६ कम्पनीको मूल्य बढ्दा ११२ को घट्यो भने ५ को स्थिर रह्यो । अघिल्लो दिन विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण देखिएकोमा सोमबार भने होटल तथा पर्यटन सेक्टरका कम्पनीमा आकर्षण देखियो । सो समूहको सूचक ४.९९ प्रतिशत बढ्यो । विशाल बजार कम्पनीको १० प्रतिशत मूल्यवृद्धिका कारण व्यापार सेक्टर ९.७ प्रतिशत बढ्यो । हाइड्रोपावर ०.६२, लगानी…

साताको पहिलो दिन नेप्सेमा गिरावट

साताको पहिलो दिन नेप्सेमा गिरावट साताको कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेर बन्द भएको छ । नेप्से ९.९९ अंकले घटेर दुई हजार ७ सय ३८ दशमलव ६ विन्दुमा बन्द भएको हो । नेप्सेका अनुसार ८ अर्ब ८३ करोड २२ लाख २५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा ६३ कम्पनीको शेयरमूल्य बढ्दा १७८ को घट्यो भने तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा विशाल बजार कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सिन्धु विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक रहेको छ । अन्य दुई कम्पनीको…

नोभेम्बरमा भित्रिए एक लाखभन्दा बढी पर्यटक

नोभेम्बरमा भित्रिए एक लाखभन्दा बढी पर्यटक सन् २०२४ को नोभेम्बर महिनामा एक लाखभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यस महिनामा एक लाख १४ हजार ५०१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् । यो सङ्ख्या तीन वर्षयताकै सर्वाधिक हो । २०२३ को यस महिना एक लाख ८ हजार ६३० जना विदेशी पाहुना आएका थिए भने २०२२ मा ७२ हजार ६५३ जना आएका थिए । सन् २०२१ को नोभेम्बर महिनामा २६ हजार १३५ जना मात्रै पर्यटकले नेपाल भ्रमण गरेका थिए । नोभेम्बरमा सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट १९ हजार ९१५ जना पर्यटक नेपाल भित्रिएका…