शेयर कारोबारबाट दुई महिनामै गत वर्षभरिको भन्दा बढी राजश्व संकलन : अर्थमन्त्री
शेयर कारोबारबाट दुई महिनामै गत वर्षभरिको भन्दा बढी राजश्व संकलन : अर्थमन्त्री उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शेयर कारोबारबाट चालू आर्थिक वर्षको दुई महिनामै गत वर्षभरिको भन्दा बढी राजश्व संकलन भएको दाबी गरेका छन् । बुधवार नेप्से कार्यालय पुगेका पौडेलले गत आर्थिक वर्षभर शेयर कारोबारबाट ५ अर्बको हाराहारीमा राजश्व संकलन भएको तर यस वर्षको दुई महिनामै करिब पौने सात अर्ब बराबरको राजश्व संकलन गर्न सरकार सफल भएको दाबी गरेका हुन् । उनले चालू आर्थिक वर्ष ०८१/८२ मा शेयर बजारबाट साउनमा ४ अर्ब २३ करोड र भदौ महिनामा दुई अर्ब ५७ करोड राजश्व संकलन भएको बताए । उनले नेपालको पूँजी बजार…