सुनकाे मूल्य अस्थिर : एकैदिन तोलामा साढे ७ हजार रुपैयाँ घट्याे

सुनकाे मूल्य अस्थिर : एकैदिन तोलामा साढे ७ हजार रुपैयाँ घट्याे नेपाली बजारमा सुनको मूल्य बुधबार तोलामा साढे ७ हजार रुपैयाँले घटेको छ । मंगलबार अहिले सम्मकै उच्च मूल्यमा पुगेको सुनको मूल्य आज घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको छ। । त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कारोबार भएको चाँदीको मूल्य ५ रुपैयाँले घटेर १ हजार ९६५ रुपैयाँ कायम छ।

सुनकाे मूल्यमा रेकर्ड : ताेलामै ६ हजार ९ सय रुपैयाँ बढ्याे

सुनकाे मूल्यमा रेकर्ड : ताेलामै ६ हजार ९ सय रुपैयाँ बढ्याे स्थानीय बजारमा मंगलबार सुनको भाउ ताेलामै ६ हजार ९ सय रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको छ । केही दिनयता स्थिर रहेको चाँदीको भाउ भने तोलामा १० रुपैयाँले वृद्धि भएको छ । सोमबार तोलाको १ हजार ९ सय ६० रहेको चाँदी आज १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको मूल्यमा भारी वृद्धि हुँदा नेपाली बजारमा पनि बढेको हो । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ३ हजार ४ सय…

कसरी अघि बढ्याे ४५० केजीको ग्यास सिलिन्डर आयातकाे तयारी ?

कसरी अघि बढ्याे ४५० केजीको ग्यास सिलिन्डर आयातकाे तयारी ? सरकारले ४५० केजी परिमाणको ग्यास सिलिन्डर आयातको प्रक्रिया बढाएको छ । यसका लागि मापदण्ड बनाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल गुणस्तर तथा नाप तौल विभागको संयोजकत्वमा एउटा समिति तयार गरिसकेको छ । यस समितिले अहिले छलफल गरिरहेको विभागका प्रवक्ता प्रभातकुमार सिंहले बताए । उनले भने, ‘तर मापदण्ड बनाउने प्रक्रिया भने अघि बढाइएको छैन ।’ नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले पनि गुणस्तर तथा नापतौल विभागको संयोजकत्वमा गठन भएको समितिले मापदण्ड बनाएर मन्त्रालयले आयात अनुमति दिएपछि ४५० केजी परिमाणको ग्यास आयात थालिने बताए । ‘एउटा समिति बनाएर त्यसको गुणस्तर…

एक खर्ब ८८ अर्बको सामान निर्यात

एक खर्ब ८८ अर्बको सामान निर्यात नेपालले निर्यात गर्ने वस्तुहरुमा सबैभन्दा ठूलो हिस्सा भटमास तेलको देखिएको छ । नेपालको आफ्नै उत्पादन नभई विदेशबाट अर्धप्रशोधित भटमास तेल (क्रुड सोयाबिन आयल) आयात गरेर प्रशोधित तेलका रुपमा निर्यात हुने गरेको हो । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्मको नौ महिनामा नेपालले कुल एक खर्ब ८८ अर्ब १९ करोड ५० लाख ७० हजार बराबरको सामान निर्यात गरेको छ । यो अवधिमा भटमासको तेल मात्रै रू ६२ अर्ब ७८ करोड २३ लाख ३० हजार बराबरको निर्यात भएको छ । अर्थात् नेपालले गर्ने कुल निर्यात रकमको एक तिहाई भटमास तेलको निर्यातबाट आइरहेको…

रुग्ण र समस्याग्रस्त आयोजनामा व्यापक कटौती गर्न सुझाव

रुग्ण र समस्याग्रस्त आयोजनामा व्यापक कटौती गर्न सुझाव आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि स्रोतको अभाव हुनसक्ने भएकाले रुग्ण र समस्याग्रस्त आयोजनामा व्यापक कटौती गर्नुपर्ने सुझावसहितको प्रतिवेदन राष्ट्रिय योजना आयोगले बुझाएको छ । आयोगले आइतबार आगामी आर्थिक वर्षको बजेट तर्जुमा सम्बन्धमा नीतिगत तथा कार्यक्रमगत छलफलसम्बन्धी प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाउँदै अनिवार्य दायित्वका क्षेत्रमै स्रोतको चाप देखिनसक्ने भएकाले रुग्ण आयोजनामा बजेट कटौतीका लागि सुझाव दिएको हो । ‘राजस्व परिचालनमा आगामी आर्थिक वर्षमा पनि उल्लेख्य सुधार हुने सम्भावना कम रहेको छ । वैदेशिक अनुदान प्राप्ति विगत केही वर्षदेखि न्यून हुँदै गएको र वैदेशिक ऋण प्राप्ति पनि प्रतिबद्धताअनुसार परिचालन हुन नसकेको स्थिति छ’,…

सुन तोलाकाे १ लाख ९१ हजार

सुन तोलाकाे १ लाख ९१ हजार नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको छ । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ । यसअघि बिहीबार सुनको मूल्य तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको थियो । त्यसयता सुनको मूल्य सामान्य घटबढ भएकामा सोमबारसम्म आइपुग्दा हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । आइतबार भने सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको थियो । आइतबारकै तुलनामा सोमबार सुनको मूल्य तोलामा १२०० रुपैयाँ बढेको छ । यस्तै चाँदीको…

नेपालमा दर्ता हुन तयार भएन मेटा

नेपालमा दर्ता हुन तयार भएन मेटा काठमाडौं । फेसबुकलगायत सामाजिक सञ्जाल प्लेटफर्मलाई नेपालमा दर्ता हुन सरकारले दिएको एक महिनाको म्याद सकिएको छ । तर, यो अवधिमा एउटा पनि सामाजिक सञ्जाल दर्ता हुन आएनन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चैत ७ गते एक सूचना प्रकाशित गरी सबै सामाजिक सञ्जाललाई दर्ता हुन आह्वान गरेको थियो । सूचनामा अबको ३० दिनभित्र कानूनबमोजिम मन्त्रालयमा सूचीकण गर्न तथा नेपालभित्र सम्पर्क विन्दू, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमनको परिपालन निगरानी गर्ने अधिकारीको व्यवस्था गर्न भनिएको छ । तोकिएको समयभित्र सुचीकरण हुन नआउने सामाजिक सञ्जाल प्लेटफर्मलाई ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८० को दफा ३…

सिन्धुपाल्चोकका चर्चित नटरवलालकाे धन्दा : परे प्रहरीको फन्दा

सिन्धुपाल्चोकका चर्चित नटरवलालकाे धन्दा : परे प्रहरीको फन्दा सिन्धुपाल्चोक,भोटेचौरका कहलिएका एक नटबरलाल प्रहरीको फन्दामा परेका छन् । जस्को जग्गा प्लानिङका लागि बैना दिए सोही घरकी घरपेटी उडाइदिने चर्चित नटरबरलाल प्रहरीको फन्दामा परेका हुन् । मूलपानीमा जस्को जग्गा प्लानिङ गर्न बैना दिए, त्यही घरमा बसेर, घरबेटीकी श्रीमती उडाउने पात्र हुन् चाैलागाइँ । आफ्नो श्रीमती अरुले उडाइदिएपछि बृद्ध डिप्रेसनमा गुज्रिएका छन् भने चाैलागाइँले श्रीमतीलाई घर न घाटको स्थितिमा पुर्याइदिएका छन् । उनीमाथि अरुले प्लटिङ गरेको जग्गालाई आफ्नो भन्दै साढे ४५ लाख रुपैयाँ बैना लिई ठगी गरेको आराेप छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ घर भइ काठमाडौं गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोका बस्ने ४३ वर्षीय रामकुमार…

निलम ढुंगानालाई कामु गभर्नरकाे जिम्मेवारी

निलम ढुंगानालाई कामु गभर्नरकाे जिम्मेवारी सरकारले नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई कार्यवाहक गभर्नरको जिम्मेवारी दिएको छ । राष्ट्र बैंकका सूचना अधिकारी सुमन न्यौपानेले अर्थ मन्त्रालयबाट डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यवाहक गभर्नरको जिम्मेवारी तोकिएको पत्र आएको बताए । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुंगानालाई कामु गभर्नरको जिम्मेवारी तोकेका हुन् । चैत २२ गते नै ढुंगानालाई कार्यवाहक गभर्नर तोकेको पत्र साेमबार नेपाल राष्ट्र बैंक पुगेको हो ।

तोलामा १ लाख ८० हजार नाघ्याे सुन

तोलामा १ लाख ८० हजार नाघ्याे सुन नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ लाख ८० हजार नाघेको छ । हालसम्मको सबै रेकर्ड तोड्दै छापावाल सुनको मूल्य तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७९ हजार १०० रुपैयाँ कायम भएको थियो । यस आधारमा बिहीबार छापावाल सुनको मूल्य १ हजार २०० रुपैयाँ बढेर हालसम्मकै उच्चबिन्दुमा पुगेको हो । यसैबिच चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा २ हजार २० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९९५ रुपैयाँ कायम…