भाइबरले फेरि ल्यायो एक्सप्लोर नेपाल नयाँ वर्ष अभियान

भाइबरले फेरि ल्यायो एक्सप्लोर नेपाल नयाँ वर्ष अभियान राकुटेन भाइबरले नयाँ वर्षकाे अवसरमा एक्सप्लोर नेपाल च्यानल ट्राभल क्याम्पेनको चौथो सिजन सुरु गर्दैछ। यसले देशका आकर्षक गन्तव्य, आश्चर्यजनक परिदृश्य र समृद्ध सांस्कृतिक सम्पदाहरूलाई अझै प्रष्ट रुपमा चिनाउने विश्वास गरिएको छ। भाइबरले एक्स्प्लोर नेपाल च्यानललाई रोमाञ्चक अभियानको रूपमा अघि लैजान ट्राभल भ्लगर घुमन्तेलाई आमन्त्रित गरेको छ। २०८० चैत ७ देखि सुरु भएकाे भर्चुअल अभियानमा आफ्ना ग्राहकलाई घुमन्तेले नेपालका विविध भू-भागमा रमाइला पोष्टहरू गर्दै र यात्रासम्बन्धी ह्याकहरू साझेदारी गर्दै घुमाउन लैजाने भाइबरले जनाएकाे छ । अभियानको विशेष आकर्षणका रूपमा सहभागीहरूका लागि आकर्षक उपहारहरु पनि भाइबरले राखेकाे छ । च्यानलले प्रत्येक हप्ता एक क्विजको…

४१ प्रतिशतको राजस्व वृद्धि सम्भव छ : अर्थमन्त्री

४१ प्रतिशतको राजस्व वृद्धि सम्भव छ : अर्थमन्त्री अर्थमन्त्री वर्षमान पुनले चालू आर्थिक वर्षमा ४१ प्रतिशतको राजस्व वृद्धि सम्भव रहेको बताएका छन् । उनले पूर्वअर्थमन्त्रीलाई स्रोतको चाप पर्दा ४१ प्रतिशतको लक्ष्य निर्धारण गरेको बताए । नेपाल व्यवस्थापन संघ (म्यान) ले आइतबार आयोजना गरेको प्रि-बजेट छलफलमा पुनले आगामी वर्षको बजेट समावेशी, पारदर्शी र सहभागितामूलक आउने बताए । बजेट समावेशी, पारदर्शी र सहभागितामूलक बनाउन सरकारले तीन महिनापहिले बजेट विनियोजनका सिद्धान्त र प्राथमिकतामाथि संसदमा छलफल गराएर आवश्यक सुझाव लिएको उनको दाबी थियो । अर्थमन्त्री पुनले राजस्वको अनुमान धेरै लिँदा राजस्व कार्यालयहरुले लक्ष्य पूरा गर्न खोजेकाले निजी क्षेत्रमा दबाब परेको स्वीकार्दै त्यसलाई सुधार गर्ने…

अदालतहरुमा दूरसञ्चारका विविध सेवा उपलब्ध गराउन टेलिकम र सर्वोच्चबीच सम्झौता

अदालतहरुमा दूरसञ्चारका विविध सेवा उपलब्ध गराउन टेलिकम र सर्वोच्चबीच सम्झौता नेपाल टेलिकम र सर्वोच्च अदालतबीच अदालतहरुमा विविध दूरसञ्चारका सेवाहरु उपलब्ध गराउने सम्झौता भएको छ । बुधबार भएको सम्झौतामा टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र सर्वोच्चका तर्फबाट सह–रजिष्ट्रार हरिराज कार्कीले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार टेलिकमले तोकिएका विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरुमा डेडिकेटेड इन्टरनेट र डेडिकेटेड इन्ट्रानेट सेवाका साथै एफटीटीएच सेवा तथा एसएमएस अलर्ट सर्भिस र पुल एसएमएस उपलब्ध गराउने टेलिकमका प्रवक्ता हरि ढकालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

इन्दिरा आईभीएफमा तेब्बर खुसी

इन्दिरा आईभीएफमा तेब्बर खुसी इन्दिरा आईभीएफले तीन दम्पतीको गर्भावस्थाको पुष्टि गर्दै आफ्नो पहिलो तीन इन भिट्रो फर्टिलाइजेसन केसहरूको सफलताको घोषणा गरेको छ।पहिलो केस- पहिलेदेखि नै रहेको मुटुलगायत स्वास्थ्य समस्याहरू र अघिल्लो गर्भपातको कारण गर्भ नबसेपछि इन्दिरा आईभीएफमा पुगेकी एक २६ वर्षीया महिलासँग सम्बन्धित छ । प्रारम्भिक जाँचमा उनीसँग सामान्यभन्दा कम अण्डाहरू रहेको संकेत स्वरूप एन्टि-मुलेरियन हर्मोन (एएमएच) को स्तर कम देखिएको थियो। दोस्रो केस- रजोनिवृत्ति रएएमएच अति कम स्तरमा पुग्दा सात वर्षदेखि जटिल बाँझोपनसँग संघर्षगर्दै आएकी ४२ वर्षीया महिलाकाे हाे । आईयुआईको चार चक्र र आईभीएफको एक चक्रको असफल प्रयासपछि उनी सहयोग खोज्दै क्लिनिक पुगेकी थिइन्।त्यस्तै, तेस्रो केस ४४ वर्षीया…

राजस्व संकलनका लागि व्यवसायीलाई अनावश्यक दु:ख दिंदैनाैं : अर्थमन्त्री

राजस्व संकलनका लागि व्यवसायीलाई अनावश्यक दु:ख दिंदैनाैं : अर्थमन्त्री अर्थमन्त्री वर्षमान पुनले राजस्व संकलनको लागि व्यवसायीलाई अनावश्यक दुख नदिने बताएका छन् । अर्थ मन्त्रालयमा मंगलबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसँगको भेटवार्तामा अर्थमन्त्री पुनले निजी क्षेत्रलाई सहयोग गर्न सरकार सधैँ तत्पर रहेको बताए । उनले राजस्व संकलनको लागि व्यवसायीलाई अनावश्यक दुख नदिने आश्वासन पनि दिए । पुनले देशको अर्थतन्त्रको विकासका लागि सरकार र निजी क्षेत्रबिच थप सहकार्य आवश्यक रहेको बताए । उनले वर्तमान सरकारको अहिलेको मुख्य प्राथमिकता देशको अर्थतन्त्र सुधार गर्नु रहेको बताए । अध्यक्ष ढकालले पछिल्ला दिनमा महासंघमा अनावश्यक बजार अनुगमन बढेको भन्दै सदस्यहरूबाट गुनासो आइरहेको जानकारी गराएका…

आरएनजीसी स्क्र्याम्बल गल्फ प्रतियोगितामा एनसेलले जित्याे थर्ड रनर अपको उपाधि

आरएनजीसी स्क्र्याम्बल गल्फ प्रतियोगितामा एनसेलले जित्याे थर्ड रनर अपको उपाधि एनसेलले शनिबार काठमाडौंको रोयल नेपाल गल्फ क्लबमा सम्पन्न आरएनजीसी स्क्र्याम्बल गल्फ प्रतियोगितामा थर्ड रनर अपको उपाधि जितेको छ । प्रो सञ्जय लामाको नेतृत्वमा रहेको एनसेल ‘ए’ टोलीले–१२ अन्डर स्कोर गर्दै तेस्रो रनर अप अर्थात चौथो स्थान हासिल गरेको हो । एकदिवसीय प्रतियोगितामा कूल २९ कर्पोरेट हाउसहरुका सहभागीहरुले प्रतिस्पर्धा गरेका थिए । प्रत्येक टोलीमा एक व्यवसायिक गल्फर र तीन एमेच्योर गल्फरहरू रहेका थिए र प्रतियोगिता १८–होलमा खेलाइएको थियो । एनसेल ‘ए’ समुहमा व्यवसायिक गल्फर सञ्जय लामा र अन्यतीन एमेच्योर गल्फरहरु श्री जय आचार्य (एनसेल–सिङ्गल ह्याण्डीक्याप), इन्द्रधारा विष्ट (हाई ह्याण्डीक्याप) र सञ्जय…

विश्व बैंककाे प्रक्षेपण- नेपालकाे आर्थिक वृद्धि ३‍.३ प्रतिशत

विश्व बैंककाे प्रक्षेपण- नेपालकाे आर्थिक वृद्धि ३‍.३ प्रतिशत विश्व बैंकले नेपालको अर्थतन्त्र ३.३ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । सरकारले भने चालू आर्थिक वर्ष ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ । विश्व बैंकले अर्धवार्षिक रूपमा अद्यावधिक गर्ने ‘कन्ट्री डेलभपमेन्ट अपडेट’का अनुसार पर्यटन क्षेत्रको विकास र जलविद्युतको निर्यातमा भएको वृद्धिका कारण नेपालको अर्थतन्त्र चालू वर्ष ३.३ प्रतिशत रहने छ । विप्रेषण आप्रवाहमा देखिएको उल्लेख्य वृद्धिले निजी उपभोगसमेत बढ्ने उसकाे प्रक्षेपण छ । ‘सुधारको बाटोमा नेपालको अर्थतन्त्र, तर न्यून निजी लगानी’ शीर्षक दिएर तयार गरिएको पछिल्लो नेपाल डेभलपमेन्ट अपडेटले आर्थिक बर्ष २०२५ मा थप ४.६ प्रतिशतको वृद्धि हासिल गर्ने प्रक्षेपण…

सिटिजन्स बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

सिटिजन्स बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गरेको छ । बैंकले गण्डकी प्रदेश अन्तर्गत बेनी शाखा र कर्णाली प्रदेश अन्तर्गत सुर्खेत शाखाको सक्रियतामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । बैंकले गण्डकी प्रदेश बेनी नगरपालिका वडा नं ६ अर्थुङेमा स्थानीय बेनी सञ्जिविनी हेल्थ क्लिनिक सँगको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधी वितरण गरिएको थियो । यसैगरी कर्णाली प्रदेशको सुर्खेत जिल्ला, बराहताल गिरीघाटमा स्थानीय जि.पी.मेमोरियल नर्सिङ होम सँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त स्वास्थ्य शिविरहरूमा करिब ३०० जना भन्दा बढी व्यक्तिहरूले सेवा प्राप्त गरेका थिए । निकट भविष्यमा पनि…

शाओमीले ल्यायो ‘नयाँ साल–नयाँ नोट’ अफर

शाओमीले ल्यायो ‘नयाँ साल–नयाँ नोट’ अफर ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नयाँ वर्षको अवसरमा ‘नयाँ साल – नयाँ नोट’ नामक विशेष अफर ल्याएको छ । जसअन्तर्गत ग्राहकहरुले रेड्मी बड्स ४ एक्टिभ फ्रि मा र रेड्मी वाच ३ एक्टिभ आकर्षक डिस्काउन्टमा प्राप्त गर्न सक्नेछन् । रेड्मी नोट १३ प्रो वा रेड्मी नोट १३ प्रो + ५ जि को खरिदमा ग्राहकले रेड्मी बड्स ४ एक्टिभ निःशुल्क वा रेड्मी वाच ३ एक्टिभ रु. ३,४९९ छुट मूल्यमा प्राप्त गर्न सक्नेछन् जसको वास्तविक मुल्य रु. ५,६९९ हो । त्यसैगरी रेडमी नोट १३ खरिद गर्दा भने ग्राहकहरूले रेड्मी बड्स ४ एक्टिभ निःशुल्क पाउनेछन् । यस अफरले नेपाली…

सुनकोशी मरिण डाइभर्सनको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा

सुनकोशी मरिण डाइभर्सनको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा राष्ट्रिय गौरव आयोजनाको सुनकोशी मरिण डाइभर्सनको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा पुगेकाे छ । कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङको अब ७ सय ९० मिटर मात्र खन्न बाँकी छ । सुरुङ खन्ने काममा कुनै भौगोलिक जटिलता नआएको खण्डमा एक महिनाभित्र ‘ब्रेक थ्रू’ भइसक्ने आयोजना प्रमुख मित्र बरालले जानकारी दिए । तराई मधेसमा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ सुरु गरिएको याे आयोजनालाई सरकारले प्राथमिकतामा राखेकाे छ । सुनकोशी नदीको पानी मरिण खोलामा झारेर विद्युत् उत्पादन गर्ने र तराईको एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु…